हेन्ली एन्ड पार्टनरद्वारा प्रकाशित सूचीले यस्तो देखाए पनि यो मात्र शक्तिशाली राहदानीहरूको सुची प्रकाशित गर्नेमा भने पर्दैन।
हेन्लीले शक्तिशाली राहदानी जापान र सिंगापुरको रहेको जनाएको छ भने यसको भन्दा केहि फरक क्रमाङ्क रहेको छ आर्टन क्यापिटलको २०१९ शक्तिशाली राहदानीहरूको सुचीमा।
आर्टन क्यापिटलको सुची
आर्टन क्यापिटल द्वारा प्रकाशित शक्तिशाली राहदानीहरूको सुचीमा ९२ क्रमाङ्क रहेकोमा सबैभन्दा शक्तिशाली राहदानी बन्दै संयुक्त अरब इमिरेट्सले पहिलो स्थान ओगट्न सफल भएको छ।

संयुक्त अरब इमिरेट्सको राहदानी भएकाले ११६ वटा राष्ट्रहरूमा बिना भिसा प्रवेश गर्न पाउँछन् भने ५७ वटा राष्ट्रहरूमा भिसा अन अराइभल वा ती राष्ट्रहरूमा पुगे पछि अध्यागमन विभागमा गएर भिसा पाउन सक्छन्।
तर २५ वटा राष्ट्रहरूमा जान भने यो राहदानीवालाले पनि पहिले नै भिसा आवेदन हालेर भिसा पाएको हुनु पर्दछ।
छैठौं स्थानमा रहेको अस्ट्रेलियाको राहदानीका साथ १११ राष्ट्रहरूमा जान भिसा चाहिँदैन भने ५३ वटा राष्ट्रहरूमा त्यहाँ पुगेपछि भिसा लगाउनु पर्छ।
३४ राष्ट्रमा चाहिँ पहिले नै भिसा पाए पछि मात्र जान पाइने अस्ट्रेलियासँग सोही स्थान साट्नेमा चेक गणतन्त्र, हंगेरी, स्लोभेनिया र न्युजिल्याण्ड रहेका छन्।
नेपालको राहदानी सँगै ८२ औँ स्थानको समूहमा कोसोभो र लेबनान परेका छन्। यो सुचीमा परेका राष्ट्रहरूका नागरिकलाई ५० राष्ट्रहरू प्रवेश गर्न पहिले नै भिसा लिनु पर्दैन।

नेपालीले १४८ राष्ट्रहरूमा भिसा लिएर मात्र जान सक्नेछन् भने १३ राष्ट्रमा भिसा नै चाहिँदैन त्यस्तै पुगेपछि भिसा लिनुपर्ने ३७ वटा राष्ट्रहरू छन्।
लेबनान र कोसोभोका राहदानीले क्रमशः १६ र १४ वटा राष्ट्रहरूमा जान भिसा चाहिँदैन।
यो समूहमा रहेका तिन वटै राहदानीहरूले भिसा चाहिने राष्ट्रहरूको सङ्ख्या (१४८ ) र भिसा नचाहिने तथा पुगेपछि भिसा लगाउनु पर्ने सङ्ख्यालाई जोडेर समान ५० अङ्क बढेकाले यी तिनै राहदानी एउटै समूहमा परेका हुन्।
तर पनि भिसा नचाहिने राष्ट्रको सङ्ख्या केही कम भएकोले यी दुई राहदानीहरू भन्दा तल रहेर नेपालमात्रको राहदानीलाई १८० औँ स्थानमा राखिएको छ।
विश्वव्यापी शक्तिशाली राहदानीको ९२ औँ स्थान र व्यक्तिगत रूपमा १९९ औँ स्थानमा रहेको सबैभन्दा कमजोर राहदानी अफगानिस्तानको भएको उक्त सूचीले देखाएको छ।
९० औँ स्थानमा पाकिस्तान रहेको छ भने सिरिया र इराक क्रमशः ९१ र ९२ औँ स्थानमा रहेका छन्।
हेन्लीको सुची:
शक्तिशाली राहदानीहरूका सम्बन्धमा विभिन्न सुचीहरूको प्रकाशित भएकोमा आर्टन क्यापिटलको भन्दा भिन्न रहेको छ हेन्ली एन्ड पार्टनरस् को सुची।

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन (आइएटीए) को तथ्याङ्कलाई आधार बनाइएको सो सुचीमा सबैभन्दा शक्तिशाली पासपोर्ट १८९ अङ्कका साथ जापान र सिङ्गापुरको भएको बताइएको छ।
१८० अङ्कका साथ अस्ट्रेलिया शक्तिशाली राहदानीहरूको समूह ९ मा परेको छ जसले अस्ट्रेलिया २४ राष्ट्रहरू भन्दा पछाडि रहेको देखाउँछ।
यो तथ्याङ्कले नेपाललाई ३८ अङ्कका साथ कमजोर राहदानीको १० औँ स्थानमा राखेको छ।

शक्तिशाली राहदानीहरू :
१. जापान, सिङ्गापुर (१८९ राष्ट्रहरू)
२. फिनल्यान्ड, जर्मनी, साउथ कोरिया (१८७ राष्ट्रहरू)
३. डेनमार्क, इटाली, लक्जेम्बर्ग (१८६ राष्ट्रहरू )
४. फ्रान्स, स्पेन, स्विडेन (१८५ राष्ट्रहरू)
५. अस्ट्रिया, नेदरल्याण्डस् , पोर्चुगल, स्विजरल्याण्ड (१८४ राष्ट्रहरू)
कमजोर राहदानीहरू:
१. अफगानिस्तान (२५ राष्ट्रहरू)
२. इराक (२७ राष्ट्रहरू)
३. सिरिया (२९ राष्ट्रहरू)
४. पाकिस्तान (३० राष्ट्रहरू)
५. समालिया (३१ राष्ट्रहरू)
६. यमन (३३ राष्ट्रहरू)
७. लिबिया, प्यालेस्टाइन टेरिटरी, सुडान (३७ राष्ट्रहरू)
८.नेपाल (३८ राष्ट्रहरू)
दुई सुची बिचको फरक:
यी दुई सुचीमा उल्लिखित राहदानीहरू कतिको शक्तिशाली वा कमजोर भन्नेमा धेरै भिन्नता रहेको छ।
हेन्लीको सुचीले नेपाल भन्दा कमजोर ९ राष्ट्रहरू रहेको देखाएको छ भने आर्टन को सूचीले नेपाल भन्दा कमजोर राहदानी १९ राष्ट्रहरूको भएको देखाएको छ।

त्यस्तै हेन्लीले अस्ट्रेलियाको भन्दा शक्तिशाली राहदानी अन्य २४ राष्ट्रहरूको भएको देखाएको छ भने आर्टनले अस्ट्रेलिया भन्दा माथि ३० राष्ट्रहरू रहेको सुची प्रकाशित गरेको छ।
हेन्लीले त्रैमासिक प्रकाशन गर्ने सुची जुलाई महिनाको सुचीमा १९९ राहदानीहरूलाई बिना भिसा यात्रा गर्न पाउने आधारमा सूचीकृत गरेको जनाएको छ।
आर्टनले बिना भिसा यात्रा गर्न पाउने मात्र नभएर पुगिसके पछि भिसा आवश्यक हुने राष्ट्रहरूको सङ्ख्यालाई पनि मान्यता दिएको छ।
तर पनि हेन्लीको सुचीमा अस्ट्रेलियाको पासपोर्टले १८० राष्ट्रहरूमा बिना भिसा भ्रमण गर्न पाउने भनेको छ भने आर्टनले बिना भिसा १११ राष्ट्रमा मात्र यात्रा गर्न पाउने देखाउँछ।
त्यसै गरी आर्टनको १५ औँ स्थानमा रहेको संयुक्त राज्य अमेरिकाको राहदानीले ११७ राष्ट्रमा बिना भिसा यात्रा गर्न पाइने देखाए पनि हेन्लीले त्यो सङ्ख्या १८३ रहेको जनाएको छ।
यो फरक सुची हुनुको प्रमुख कारण हेन्ली एन्ड पार्टनर को सुची वर्षभरि अपडेट भइरहन्छ भने आर्टन क्यापिटलले १९३ संयुक्त राष्ट्र सङ्घमा सदस्य रहेका राष्ट्रहरू र ६ टेरिटोरीलाई आफ्नो सुचीमा राख्दछ।
यी बाहेकका टेरिटरी जो अर्को राष्ट्रसँग जोडिएको छ यो सूचीले समावेश गर्दैन।
