राजधानीको दक्षिण पूर्वी सहरमा आएको शक्तिशाली भूकम्पका कारण कैयन भवनहरू ध्वस्त भएका छन् ।
भूकम्प पछि स्लोभेनियाको क्रास्कोमा रहेको आणविक भट्टी समेत केही समयका लागि बन्द गरिएको छ ।
६ दशमलव ३ रेक्टर स्केल मापन गरिएको भूकम्पका कारण सयौँ मानिसहरू सडकमा आएका थिए ।
मारिनेमा १२ बर्सिया बालिका पनि परेको बताइएको छ ।
भूकम्पका कारण स्लोभेनियाको क्रिस्कोमा रहेको आणविक भट्टी पनि बन्द गराइएको छ ।
भूकम्प मापन केन्द्र युरोपेली मेडीटेरिनियन सिस्मोलोजिकल सेन्टरले ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का दक्षिण पूर्वी गाजरेवको ४६ किलोमिटर पर मापन गरिएको बताएको छ ।
भूकम्पले सबैभन्दा बढी क्षति पेट्रीन्जा सहरमा पुर्याएको छ । उक्त क्षेत्रमा सोमबार पनि ५ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।
राष्ट्रिय टेलिभिजनले सहर नजिक रहेको एक गाउँ भूकम्पको अत्यधिक क्षतिमा परेको र त्यहाँका ५ व्यक्ति मारिएको बताएको छ ।
भूकम्पमा परी घाइते भएका २० भन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ भने ती मध्य दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

People and soldiers clean the rubble next to car and buildings damaged in an earthquake in Petrinja, Croatia. Source: EPA
पेट्रीन्जामा भवन भित्र पुरिएको अवस्थामा चार घण्टा पछि एक महिलाको उद्धार गरिएको छ ।
“मेरो सहर पुर्णरुपमा ध्वस्त भएको छ, हाम्रा बालबालिका मारिएका छन् ।” पेट्रीन्जाका मेयर डेरीन्को डुम्बोबिकले राष्ट्रिय टेलिभिजनमा भने ।
कोएशियाका प्रधानमन्त्री एन्ड्रेज प्लोनकोभिक र अन्य सरकारी अधिकारीहरूले भूकम्पले क्षति पुर्याएको क्षेत्रमा अवलोकन गरेका छन् ।
उद्धार कार्यका लागि सेनालाई खटाइएको बताइएको छ ।