SKIP TO MAIN CONTENT

क्रोएसियामा आएको शक्तिशाली भूकम्पमा ७ को मृत्यु, दर्जनौँ घाइते

क्रोएसियामा आएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ७ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

A strong 6.4 magnitude quake has rocked central Croatia.
A deadly 6.4 magnitude quake has rocked central Croatia. Source: AAP

2 min read

Published

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

राजधानीको दक्षिण पूर्वी सहरमा आएको शक्तिशाली भूकम्पका कारण कैयन भवनहरू ध्वस्त भएका छन् । 

भूकम्प पछि स्लोभेनियाको क्रास्कोमा रहेको आणविक भट्टी समेत केही समयका लागि बन्द गरिएको छ ।

६ दशमलव ३ रेक्टर स्केल मापन गरिएको भूकम्पका कारण सयौँ मानिसहरू सडकमा आएका थिए ।

मारिनेमा १२ बर्सिया बालिका पनि परेको बताइएको छ । 

भूकम्पका कारण स्लोभेनियाको क्रिस्कोमा रहेको आणविक भट्टी पनि बन्द गराइएको छ ।

भूकम्प मापन केन्द्र युरोपेली मेडीटेरिनियन सिस्मोलोजिकल सेन्टरले ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का दक्षिण पूर्वी गाजरेवको ४६ किलोमिटर पर मापन गरिएको बताएको छ । 

भूकम्पले सबैभन्दा बढी क्षति पेट्रीन्जा सहरमा पुर्‍याएको छ । उक्त क्षेत्रमा सोमबार पनि ५ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । 

राष्ट्रिय टेलिभिजनले सहर नजिक रहेको एक गाउँ भूकम्पको अत्यधिक क्षतिमा परेको र त्यहाँका ५ व्यक्ति मारिएको बताएको छ ।

People and soldiers clean the rubble next to car and buildings damaged in an earthquake in Petrinja, Croatia.
People and soldiers clean the rubble next to car and buildings damaged in an earthquake in Petrinja, Croatia. Source: EPA

भूकम्पमा परी घाइते भएका २० भन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ भने ती मध्य दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

पेट्रीन्जामा भवन भित्र पुरिएको अवस्थामा चार घण्टा पछि एक महिलाको उद्धार गरिएको छ । 

“मेरो सहर पुर्णरुपमा ध्वस्त भएको छ, हाम्रा बालबालिका मारिएका छन् ।” पेट्रीन्जाका मेयर डेरीन्को डुम्बोबिकले राष्ट्रिय टेलिभिजनमा भने ।

कोएशियाका प्रधानमन्त्री एन्ड्रेज प्लोनकोभिक र अन्य सरकारी अधिकारीहरूले भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमा अवलोकन गरेका छन् । 

उद्धार कार्यका लागि सेनालाई खटाइएको बताइएको छ ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now