न्यूजील्याण्डमा भूकम्प सँगै सुनामीको चेतावनी

स्थानीय समय अनुसार बिहान करिब ९ बजे सुरुमा आठ रेक्टर स्केल र त्यसको लगत्तै ७ दशमलव ४ र ७ दशमलव १ रेक्टर स्केलका भूकम्पका धक्काहरू मापन गरिएको राष्ट्रिय आपतकालिन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Kaitoke beach on New Zealand's Great Barrier Island

Residents of Northland, East Cape and Great Barrier Island have been told to move to higher ground. (AAP) Source: AAP

शुक्रवार बिहान करिब ९ बजे न्यूजील्याण्डको केरमाडेक आईल्याण्ड नजिक ८ रेक्टर स्केल मापन गरिएको भूकम्प गएको हो  । 

भूकम्प पछि टापुको नजिकै तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्नका लागि राष्ट्रिय आपतकालिन व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । 

नर्थल्याण्ड, द इष्ट केपग्रेट ब्यारियर आईल्याण्ड क्षेत्रका मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थल वा उच्च स्थानहरूमा सर्नका लागि सरकारी अधिकारीहरूले आह्वान गरेका छन् ।

सुनामी सम्बन्धी चेतावनी जारी गर्ने संस्था ज्वाईन्ट अस्ट्रेलियन सुनामी वार्नीङ सेन्टरले नरफोक आईल्याण्डमा सुनामीको चेतावनी जारी गरेको छ ।

“चेतावनी जारी गरिएका क्षेत्रका समुन्द्री तट नजिकका मानिसहरू तत्काल नजिकको अग्लो स्थान वा अन्य सुरक्षित स्थानमा सर्नुहोस् ,घरमा नबस्नुहोस् ” आपतकालिन व्यवस्थापन प्राधिकरणले टुईटर मार्फत चेतावनी जारी गरेको छ ।

“भूकम्पको धक्का केही क्षेत्रमा महसुस नगरिएको भएता पनि तुरुन्तै सुरक्षित स्थानमा सर्न जरुरी छ,कुनै पनि बेला क्षति पुर्‍याउने गरी सुनामी आउन सक्छ । ”

न्यूजील्याण्डका अन्य क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको छ । 

भूकम्पको ७ दशमलव २ रेक्टर स्केलको पछिल्लो धक्का करिब ६० हजार मानिसले महसुस गरेको बताएका छन्  ।

उनीहरूले "गम्भीर" खालको धक्का महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

उक्त क्षेत्रमा अझै पनि स–साना भूकम्पको धक्काहरू महसुस भइरहेका छन् ।

“आशा छ कि सबै ठिकै छ–विशेष गरी पूर्वी तटीय क्षेत्र जहाँ मानिसहरूले भूकम्पको कडा धक्का महसुस गरे ।” प्रधानमन्त्री जेसिन्डा आर्डनले इन्स्टाग्राम मार्फत भनिन् ।

 

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali


Share

Published

Updated

Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
न्यूजील्याण्डमा भूकम्प सँगै सुनामीको चेतावनी | SBS Nepali