SKIP TO MAIN CONTENT

न्यूजील्याण्डमा भूकम्प सँगै सुनामीको चेतावनी

स्थानीय समय अनुसार बिहान करिब ९ बजे सुरुमा आठ रेक्टर स्केल र त्यसको लगत्तै ७ दशमलव ४ र ७ दशमलव १ रेक्टर स्केलका भूकम्पका धक्काहरू मापन गरिएको राष्ट्रिय आपतकालिन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Kaitoke beach on New Zealand's Great Barrier Island
Residents of Northland, East Cape and Great Barrier Island have been told to move to higher ground. (AAP) Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

शुक्रवार बिहान करिब ९ बजे न्यूजील्याण्डको केरमाडेक आईल्याण्ड नजिक ८ रेक्टर स्केल मापन गरिएको भूकम्प गएको हो  । 

भूकम्प पछि टापुको नजिकै तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्नका लागि राष्ट्रिय आपतकालिन व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । 

नर्थल्याण्ड, द इष्ट केपग्रेट ब्यारियर आईल्याण्ड क्षेत्रका मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थल वा उच्च स्थानहरूमा सर्नका लागि सरकारी अधिकारीहरूले आह्वान गरेका छन् ।

सुनामी सम्बन्धी चेतावनी जारी गर्ने संस्था ज्वाईन्ट अस्ट्रेलियन सुनामी वार्नीङ सेन्टरले नरफोक आईल्याण्डमा सुनामीको चेतावनी जारी गरेको छ ।

“चेतावनी जारी गरिएका क्षेत्रका समुन्द्री तट नजिकका मानिसहरू तत्काल नजिकको अग्लो स्थान वा अन्य सुरक्षित स्थानमा सर्नुहोस् ,घरमा नबस्नुहोस् ” आपतकालिन व्यवस्थापन प्राधिकरणले टुईटर मार्फत चेतावनी जारी गरेको छ ।

“भूकम्पको धक्का केही क्षेत्रमा महसुस नगरिएको भएता पनि तुरुन्तै सुरक्षित स्थानमा सर्न जरुरी छ,कुनै पनि बेला क्षति पुर्‍याउने गरी सुनामी आउन सक्छ । ”

न्यूजील्याण्डका अन्य क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको छ । 

भूकम्पको ७ दशमलव २ रेक्टर स्केलको पछिल्लो धक्का करिब ६० हजार मानिसले महसुस गरेको बताएका छन्  ।

उनीहरूले "गम्भीर" खालको धक्का महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

उक्त क्षेत्रमा अझै पनि स–साना भूकम्पको धक्काहरू महसुस भइरहेका छन् ।

“आशा छ कि सबै ठिकै छ–विशेष गरी पूर्वी तटीय क्षेत्र जहाँ मानिसहरूले भूकम्पको कडा धक्का महसुस गरे ।” प्रधानमन्त्री जेसिन्डा आर्डनले इन्स्टाग्राम मार्फत भनिन् ।

 

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now