बाढीग्रस्त तीन सहर खाना र औषधिका लागि हवाई ढुवानीमा निर्भर

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

NSW FLOODS

Flooded houses are seen in Forbes, Sunday, November 6, 2022. Residents in flood-affected NSW communities are slowly returning to assess the damage as waters peak in several inland towns. Source: AAP / LUCY CAMBOURN/AAPIMAGE

न्यु साउथ वेल्स र भिक्टोरियाका १४० स्थानमा अझै पनि बाढी सम्बन्धी चेतावनी जारी छन्।

सोमबार नार्रन नदिको बहाव उच्च हुँदा, एङ्गलडुल क्षेत्रमा बाढी आएको छ।

यता ब्रेन्डामा मध्यम खालको बाढी आए तापनि बिहीबार र शुक्रवारका दिन बाढीको प्रभाव झनै बढ्न सक्ने बताइएको छ।

वेलमोरिङ्गली क्षेत्रमा भने हिजो सामान्य स्तरको बाढीको चेतावनी जारी भएता पनि पानीको बहाव केही बढ्न सक्ने चेतावनी जारी भएको छ।

यता नाराब क्षेत्रको नमोय नदीमा पानीको सतह कम भएको छ तर वि वामा भने बहाव निरन्तर उच्च रहेको छ, बुजीलबोनमा पनि पानीको सतह पुन: माथि आएको छ।

गोन्ग्रामा नदीको स्तर बढ्दै गएकाले शुक्रवारसम्म उच्च खालको बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ।

वारेन टाउन नजिकको मक्वरी रिभरमा बाढी जारी रहँदा, हप्ताभरी नै नदी ९.५० मिटर आसपासमा रहने बताइएको छ।

यता कटन्स विय, जेमालङ्ग, काेन्डोबोलिन, इयाबलोङ्ग हिल्सट्नमा भने ठुलो खालको बाढी आइरहेको छ।

हिल्सटन् वेयरमा रहेको लकलन नदी ३० नोभेम्बरसम्म आई पुग्दा सतह बढेर ३.३० मिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।

सन् १९९० अगस्ट महिनामा नदिको स्तर सोही अवस्थामा पुग्दा, बाढी आएको थियो।

बारवोन नदिमा आएको बाढीका कारण मुनजीन्डी, मोजील मोजील, वालगेट र ब्रिवारीना लगायतका क्षेत्रमा लगातार प्रभाव पारिरहेको छ।

यता बर्क क्षेत्र, डार्लिङ, मक्वरी, बावन र कल्गोवा नदीको प्रभावका कारण निरन्तर बाढी प्रभावित बनिरहेको छ।

नोभेम्बर २० मा पानीको सतह १९९८ कै तहमा पुग्ने सम्भावना रहेको बताइन्छ।

बार्वन–डालिङ्ग नदिका कारण तीन सहर आइसोलेसनमा परेका छन्।

वाल्गेट, कोलारेन्ब्री र लाइटनिङ्ग रिजका बासिन्दा खाना, औषधि र जनावरहरूको खानाका लागि हवाई ढुवानीमा निर्भर परेका छन्।

न्यु साउथ वेल्स राज्यको आपतकालिन सेवा विभागका सञ्चार अधिकृत अलिथिया डुलीका अनुसार तीन सहरका बासिन्दा, 'पूर्ण रूपमा आइसोलेसनमा परेका छन् भने ती सहर बाढीका कारण टापु' जस्तै बनेका छन्।

यता भिक्टोरियामा भने माओमा र इचुका नजिक पर्ने मर्रे नदिमा पानीको बहाव बिस्तारै कम हुँदै गएको छ। यद्यपि आजसम्म बाढी उच्च तहमै रहने बताइएको छ।

टुरुमब्यारीमा पनि मध्य नोभेम्बरसम्मै बाढीको प्रभाव रहने बताइएको छ।

स्वान हिल, वकुल जङ्गसन, वाउन्ड्री बेन्ड, इयुस्टो, मिल्डुरा र वेन्टवर्थका बासिन्दाले सन् १९७५ को भन्दा ठुलो बाढीको अनुभव गर्न सक्ने अनुमान गरिएको छ।

पछिल्लो मौसमी पूर्वानुमान तथा जानकारीका लागि मौसम विभागको वेबसाइट हेर्नुहोस्।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स एवं भिक्टोरियाली एसईएसको वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


3 min read

Published

Updated

By SBS

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now