SKIP TO MAIN CONTENT

सिड्नीका दुई स्कूलमा तीन विद्यार्थी कोरोना भाइरस बाट सङ्क्रमित

उक्त पछिल्लो पुष्टिका साथ् न्यु साउथ वेल्समा कोभिड -१९ बाट सङ्क्रमित हुनेहरुको सङ्ख्या ४६ पुगेको छ भने देशव्यापी रूपमा कुल ८३ जना सङ्क्रमित भएको र तीन जनाको उक्त भाइरसका कारण मृत्यु भएको छ।

St Patrick's Marist College in Dundas / Willoughby Girls High School
St Patrick's Marist College in Dundas / Willoughby Girls High School Source: Facebook / Google Maps

2 min read

Published

Updated

By Maani Truu



Skip to article content

पश्चिम सिड्नीको डण्डास स्थित एक क्याथोलिक हाइ स्कूलमा दुई जना र सहरको उत्तरमा रहेको विलोबी गर्ल्स हाइ स्कूलमा एक जना विद्यार्थी कोरोना भाइरस बाट सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन्।

पारामाटा नजिक रहेको सेन्ट प्याट्रिक्स मरिस्ट कलेजमा कक्षा १० मा अध्यनरत एक किशोर र एक किशोरीमा कोभिड-१९ भेटिए पछि उक्त उक्त स्कूलका विद्यार्थीहरुलाई घर पठाइन सुरु गरिएको छ। साथै भोलि पनि उक्त स्कूल बन्द हुने बताइएको छ।

सङ्क्रमित विद्यार्थीहरुको प्रतक्ष्य सम्पर्कमा स्कूलका झन्डै ५० अन्य विद्यार्थीहरु पनि रहेको हुनसक्ने अनुमान रहेको छ।

त्यस्तै उत्तरी सिड्नी स्थित स्कूलमा कोभिड-१९ बाट सङ्क्रमित हुने विद्यार्थी कक्षा ७ मा अध्यनरत रहेकी छन्।

NSW Health Minister Brad Hazzard.
NSW Health Minister Brad Hazzard. Source: AAP

न्यु साउथ वेल्सका स्वास्थ्या मन्त्री ब्राड हाजार्ड भन्छन कि विलबी हाइ स्कूल पनि कम्तिमा एक दिनको लागि बन्द गरिने छ।

"स्कूलहरुमा पनि सङ्क्रमितहरु रहेको पुष्टि हुनु चिन्ताको विषय भएता पनि, उनीहरुसँग सम्पर्कमा आएका अन्य मानिसहरुलाई पनि क्वारेन्टिनमा बस्न लगाउने जस्ता काम अनि सुरु गर्न कदम चालिनु जरूरी रहेको छ," उनले भने।

गत हप्ता उत्तर-पश्चिम सिड्नी स्थित एपिङ्ग बोइज हाइ स्कूलमा पनि एक १६ वर्षीय विद्यार्थीमा कोरोना भाइरस भेटिए पछि शुक्रवारको लागि उक्त स्कूल बन्द गरिएको थियो।

तर आज उक्त विद्यार्थीको सम्पर्कमा आएका विद्यार्थी र कर्मचारीहरु बाहेक अन्य विद्यार्थीहरु स्कूल फर्किएका छन्।

भिक्टोरियामा कोभिड-१९ बाट सङ्क्रमित भएकाहरुको सङ्ख्या हाल १५ रहेको छ।

सरकारी जानकारी अनुसार कोरोना भाइरसका लक्षणमा सामान्य बिमारी देखि निमोनिया सम्म पनि रहन सक्दछ।

जसको मतलब रुगा खोकी देखि थकान, स्वासप्रस्वासमा समस्या, ज्वरो जस्ता अवस्थाका कारण चिन्तित रहेका मानिसहरुले आफ्नो डाक्टरलाई अथवा कोरोना भाइरस जानकारी सम्बन्धि राष्ट्रिय टेलिफोन हटलाइनलाई १८०० ०२० ०८० मा सम्पर्क गर्न सक्नेछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now