सन् २०१३मा गरिएको गणनामा बाघको संख्या १९८ रहेको देखिएको थियो। नेपालमा बाघको संख्या रहेको थियो। बाघ संरक्षकका लागि चालिएका भनि चालिएका कार्यक्रमले शहि परिणाम दिएको बाघ संरक्षण विद कन्चन थापाले बताए।
उनले भने, ' बाघको बासस्थान र आहारको बन्दबस्त राम्रो संग गरिएको र यसको संरक्षका लागि पनि संग संगै काम गरिकाले यस्तो परिणाम देखिएको हो।'
तर बाघ संरक्षण गर्नका लागि तीव्र गतिममा भइरहेको शहरीकरण र बढ्दो जनसंख्याले बाघको बासस्थान र आहार जस्ता कुरामा नकारात्मक प्रभाव पार्न सक्ने संरक्षण विदहरुको भनाइ छ।
विभागका अनुसार गत पाँच वर्ष नेपालमा ३३ वटा बाघ मरेका छन्।
हाल पाँच निकुञ्जमा – पर्सा, चितवन बाँके बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विशेष कार्यक्रम चलाएर बाघ संरक्षका लागि विभिन्न कार्यक्रमहरु चलाइरहेको अधिकारीहरुले बताएका छन्।
READ IN DETAIL:
Share
