SKIP TO MAIN CONTENT

नेपालमा बाघको संख्या: एक दशकमा दोब्बर

नेपालमा बाघको संख्या २ सय ३५ पुगेको अधिकारीहरुले बताएका छन्। जसमध्ये २८ वटा डमरु रहेको बताइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो तथ्याङ्कका अनुसार सन् २०२२मा बाघको संख्या २५० पुर्याउने नेपालको लक्ष्य पुरा हुने देखिन्छ। नेपालले सन् २०१०मा उक्त लक्ष्यको घोषणा गरेको थियो।

Tiger as seen through a camera trap in Banke in Western Nepal.
Source: © DNPWC/WWF Nepal

1 min read

Published

By Pratichya Dulal



Skip to article content

सन् २०१३मा गरिएको गणनामा बाघको संख्या १९८ रहेको देखिएको थियो। नेपालमा बाघको संख्या रहेको थियो। बाघ संरक्षकका लागि चालिएका भनि चालिएका कार्यक्रमले शहि परिणाम दिएको बाघ संरक्षण विद कन्चन थापाले बताए।

उनले भने, ' बाघको बासस्थान र आहारको बन्दबस्त राम्रो संग गरिएको र यसको संरक्षका लागि पनि संग संगै काम गरिकाले यस्तो परिणाम देखिएको हो।'

तर बाघ संरक्षण गर्नका लागि तीव्र गतिममा भइरहेको शहरीकरण र बढ्दो जनसंख्याले बाघको बासस्थान र आहार जस्ता कुरामा नकारात्मक प्रभाव पार्न सक्ने संरक्षण विदहरुको भनाइ छ।

विभागका अनुसार गत पाँच वर्ष नेपालमा ३३ वटा बाघ मरेका छन्।

हाल पाँच निकुञ्जमा – पर्सा, चितवन बाँके बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विशेष कार्यक्रम चलाएर बाघ संरक्षका लागि विभिन्न कार्यक्रमहरु चलाइरहेको अधिकारीहरुले बताएका छन्।

READ IN DETAIL:


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now