SKIP TO MAIN CONTENT

अभिनेता टम ह्याङ्क्स कोरोनाभाइरसबाट सङ्क्रमित; गोल्डकोस्ट अस्पतालमा भर्ना

हाल अस्ट्रेलियामा रहेका अमेरिकी अभिनेता टम ह्याङ्क्स र उनका श्रीमती रिता विल्सन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

Tom Hanks and his wife Rita Wilson have tested positive for coronavirus.
Tom Hanks and his wife Rita Wilson have tested positive for coronavirus. Source: AAP

1 min read

Published

Updated

By Nick Baker



Skip to article content

सामाजिक सञ्जाल इन्स्टग्राममा लेख्दै ह्याङ्क्सले बताए कि आफूहरूलाई हल्का रुगाखोकी लागेको जस्तो र थकान महसुस भए पछि गरिएको जाँचमा दुवै कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको हो।

ह्याङ्क्स र उनका श्रीमती अस्ट्रेलियाली फिल्म निर्देशक बाज लरम्यानसँग अमेरिकी गायक एल्भिसको जीवन बारे चलचित्र बनाउन हाल गोल्डकोस्टमा रहेका थिए।

“लौ, अब के गर्ने त?” ह्याङ्क्सले अगाडी लेखेका छन्।

“हामी विश्वलाई अपडेट दिने नै छौँ। आफ्नो ख्याल राख्नुहोला,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

गत हप्ता ह्याङ्क्स आफ्नी श्रीमतीद्वारा स्टेजमा प्रदर्शन गर्दा ब्रिसबेन स्थित इम्पोरियम होटेलको दर्शक दीर्घामा देखिएका थिए।

क्विन्सल्याण्डमा हालसम्म २० जनालाई कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको पुष्टि भइसकेको छ भने ३,००० जति अन्य मानिसहरूलाई घरमै बस्न भनिएको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now