आप्रवासीहरुको संख्या उच्च रहेको अस्ट्रेलियाली विचार

शरणार्थी सम्बन्धि अस्ट्रेलिया सरकारको नीति कठोर रहेको विभिन्न क्षेत्रबाट आरोप लागिरहेकै बेला, एक नयाँ सर्वेक्षणले धेरै अस्ट्रेलियालिहरु देशले लिने आप्रवासीहरुको संख्या उच्च रहेको विश्वास गर्छन् भनि जनाएको छ।

Migrants in Australia

Source: SBS

सिड्नीमा रहेको लोई ईन्सटिट्युटले सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार, करिब ५४ प्रतिशत अस्ट्रेलियालिहरु प्रत्येक बर्ष देशमा भित्रिने आप्रवासीहरुको संख्या निकै उच्च रहेको बताउछन्। गत बर्ष मात्र ३४ प्रतिशतले यस्तो धारणा राख्दथे।

लोई ईन्सटिट्युटका एक अधिकारी एलेक्स ओलिवरले, पूर्व प्रधानमन्त्री टोनी एबट र सांसद पलिन ह्यानसन लगायतका नेतृत्व पदमा रहेकाहरुले बारम्बार अध्यागमन बिरोधी धारणा सार्वजनिक गरेकाले यसले जनमतमा फरक पारेको हुन सक्ने बताउछन्।

आज विश्वभर शरणार्थी दिवस मनाईदै गर्दा यो सर्वेक्षण सार्वजनिक भएको छ।

यसैबीच, केहि बर्ष यता विभिन्न देशहरुमा चलितरहेको गृहयुध्द र आन्तरिक कलह लगायतका कारणहरुले, आफ्नो घरबाट बिस्थापित हुनेहरु संख्यामा लगातार वृदि भईरहेको छ।

विगत पाँच बर्षदेखि शरणार्थीको संख्यामा लगातार वृदि हुँदै आएको छ।

संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धि संस्था- UNHCR ले निकालेको पछिल्लो तथ्यांकका अनुसार, सन् २०१७ को अन्त्यसम्ममा शरणार्थीको संख्या ६ करोड ८० लाख पुगेको थियो, र यो कहाली-लाग्दो संख्याको आधा भाग केटाकेटिहरुले ओगटेका छन्।

विभिन्न देशहरुमा चलितरहेको गृहयुध्द र आन्तरिक कलह, र कुशासनका कारण आफ्नो घरबारबाट बिस्थापित हुने हरुको संख्यामा यस्तो भयावह बढोत्तरि आएको हो। यो तथ्यांकलाई केलाएर हेर्ने हो भने, प्रत्येक ३ सेकेण्डमा एक व्याक्ति बिस्थापित हुन्छ र हरेक ११० मानिसहरु मध्ये, एक जना शरणार्थी रहेको छ।

सन् २०१७ मा मात्र, १ करोड ६० लाख मानिसहरु आफ्नो घरबाट बिस्थापित हुन पुगेका क्यानबेरामा रहेका UNHCR का सहायक  क्षेत्रिय प्रतिनिधि नाई जित लाम बताउछन्। २०१७ को अन्त्यसम्ममा त बिश्वभरका शरणार्थीको संख्या ६ करोड ८० लाख पुगेको थियो- जुन चाहिं लगभग थाईल्याण्डको जनसंख्या जस्तै रहेको छ।

सन् २०१६को तुलनामा, गत बर्ष शरणार्थीको संख्यामा ३० लाखले बढेको थियो।

यसरी एक बर्षमै यसरी आफ्नो घरबाट बिस्थापित हुनेहरुको संख्या यति उच्च कहिले रहेको थिएन। ठूला तथा बिकसित देशहरुले पनि यी शरणार्थीहरुलाई लिन आनाकानी गरिरहेका छन्। धेरै शरणार्थीहरुको मुख्य बासस्थान अहिले बिकासिल देशहरुनै रहेका छन्।

सन् २०१७ को तथ्यांकको कुरा गर्ने हो भने, टर्कीले सबैभन्दा बढी संख्यामा शरणार्थीहरुलाई आफ्नो देशमा प्रवेश दिएको छ। गत बर्ष उक्त राष्ट्रमा करिब ३५ लाख शरणार्थिले नयाँ ठाउँमा जीवन शुरु गरेका थिए।

त्यस्तै लेवनानले पनि करिब एक लाख शरणार्थी लिएर उदाहरण प्रस्तुत गरेको छ। अस्ट्रेलियाले भने गत बर्ष १५,००० शरणार्थीको जिम्मा लिएको थियो।

Rohingya
Source: AAP

गत बर्षको शरणार्थीहरु मुख्य रुपले पाँच देशहरुबाट आएका थिए। सिरिया, अफगानिस्तान,  दक्षिण सुडान, म्यानमार र सोमालियाका नागरिकहरुले शरणार्थीहरुको पूर्ण तथ्यांकमा करिब ६८  पर्तिशत ओगटेका छन्।

अस्ट्रेलियाका शरणार्थी सम्बन्धि संस्थाका प्रवक्ता मार्क म्याकडोनाल्डको भनाईमा पछिल्ला बर्षहरुमा म्यानमारमा रहेको स्थितिका कारण रोहिन्गा शरणार्थीको संख्यामा निकै वृदि भएको छ। यी बिस्थापित धेरै रोहिन्गा शरणार्थीहरु हाल बग्लादेशमा रहेको छन्।

 UNHCR को रिपोर्टका अनुसार, आधा भन्दा बढी शरणार्थीहरु केटाकेटिहरु रहेका छन् र धेरै आफ्नो परिबारबाट अलग रहेका छन्। आफ्नो बुबा-आमा मारिएका कारण, बा एकै ठाउँमा रहि घर छोड्न असमर्थ रहेका कारणले धेरै केटाकेटिहरु- एक्लो परेका छन्।

सेभ द चिल्ड्रेनकी लिसा बट्टनले परिवारसँगै घर छोड्दा स्थिति झनै बिकराल हुने कारणले धेरै परिवार र केटाकेटिहरु अलग-थलगभई बस्न बाध्य भएको बताउछिन्।

संयुक्त राष्ट्र संघका अनुसार, गत बर्ष पचास लाख शरणार्थीहरु घर फर्के पनि, उनीहरुमध्ये धेरै अझै सुरक्षित हुन सकेका छैनन्। त्यस्तै, दुई-तिहाई शरणार्थीहरु आफ्नै देशमा हाल बिस्थापित रहेका छन्।

राष्ट्र संघिय संस्थाका लामले, शरणार्थीको समस्यामा बिकसिल देशहरुको श्रोतले नभ्याएको हालको अबस्थामा, बिकसित देशहरुले यस सम्बन्धमा छिटो कदम चाल्न अपरिहार्य रहेको बताउछन्। 


3 min read

Published

Updated

By Greg Dyett, Evan Young

Presented by Sameer Ghimire

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now