SKIP TO MAIN CONTENT

एक बर्षको अवधिमा पर्यटकहरूले अस्ट्रेलियामा १ खर्ब १३ अर्ब डलर खर्चिए

पर्यटकहरूले गएको वर्ष अस्ट्रेलियामा १ खर्ब १३ अर्ब डलर खर्चिएको तथ्याङ्कले देखाएको छ। र अधिकांशले सहरहरूबाट टाढा ग्रामीण, तटीय तथा झाडी क्षेत्रमा समय व्यतित गरेको देखिएको छ। र त्यस्ता पर्यटकहरू मध्ये सबैभन्दा धेरै खर्चिनेमा चीन पहिलो स्थानमा रहेको छ।

Tourists take a selfie on Rottnest Island
Tourists take a selfie on Rottnest Island Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

गर्मी महिनाको मध्यमा पर्यटकहरूले सबैभन्दा बढी रुचाउने स्थान भनेको नै पानी भएको स्थान हो।

पछिल्लो अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्यटक सर्वेक्षणले जनाए अनुसार, अस्ट्रेलियाले २०१७ को सेप्टेम्बर २० देखिको १२ महिनाको अवधिमा ८० लाख ४० हजार पर्यटकहरू भित्र्याएको छ।

१० लाख ३० हजार त चीन बाट मात्र आएको देखिन्छ जुन विगतका वर्षहरू भन्दा ८ प्रतिशतले वृद्धि भएको हो।

यो नै अर्थतन्त्रका लागी सबैभन्दा ठुलो बजार हो जहाँ चिनिया पर्यटकहरूले ११ अर्ब ५० करोड भन्दा बढी खर्चिएको देखिएको छ।

Chinese tourists in Australia
Source: SBS

साथै भारतको भने वृद्धि दर बलियो भएको देखिएको छ, जुन २० प्रतिशतले वृद्धि हुँदै ३ लाख २४ हजार भन्दा धेरै भएको देखिन्छ।

सिड्नीमा पर्यटक गाइडका रूपमा कार्यरत स्यारोन याङ्ग भन्छिन् विभिन्न टुर कम्पनीहरूले मागलाई मध्यनजर गर्दै आफ्ना सेवा लाई प्रवर्धन गरेका छन्।

तर अस्ट्रेलिया भारतीय पर्यटकहरूका लागी पनि रोजाइमा पर्ने स्थान हो।

अस्ट्रेलियन पर्यटन तथा यातायात फोरम कि प्रमुख कार्यकारी मार्गी ओस्मन्ड भन्छिन् भारतीयहरूले अस्ट्रेलिया मन पराउनुको पछाडि क्रिकेटलाई दुवै देशमा मन पराइनु पनि एक कारण हो।

उनी भन्छिन् 'धन्न अस्ट्रेलियालीहरूलाई पनि क्रिकेट खेल्न मन पर्छ।'

तथ्याङ्कले यो पनि देखाउँछ कि हाम्रा सहरी क्षेत्रहरूले पछिल्लो समयमा सबैको ध्यान खिच्न सकिरहेको छैनन्।

२० लाख भन्दा बढी अन्तर्राष्ट्रिय यात्रीहरूको रोजाइमा ग्रामीण क्षेत्रहरू पर्ने गरेको छ।

tourism australia
The Overland Track starts at Cradle Mountain, skirting around Dove Lake and heading up into the high country. Tourism Tasmania and Sean McInerney Source: TOURISM TASMANIA

अस्ट्रेलियालीहरूले नै पनि आफ्नो देशभित्र कै विभिन्न स्थानहरूमा घुम्न जाने गरेका छन्। र आन्तरिक पर्यटनका लागी अस्ट्रेलियालीहरूले खर्चिने रकममा पनि १० प्रतिशतले वृद्धि भएको देखिन्छ।

गोल्ड कोस्ट बाट सिड्नी घुम्न आफ्ना परिवारका साथ आएकी एक महिलाले आफूहरूले अस्ट्रेलिया बाहिर जानु भन्दा आफ्नो देशलाई नै हेर्ने निर्णय गरेको बताइन।

पर्यटन मन्त्री साइमन बर्मिङ्घम भन्छन् ग्रामीण पर्यटनलाई बढाउने उद्देश्यका साथ अहिले रहेको लगानीमा थप ४ करोड थप गर्ने घोषणा गर्ने उनको योजना रहेको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now