मुख्य बिषय
- उलुरुको स्वामित्व आदीवासि समुदायमा आएको ३५ बर्ष पुरा
- बिश्व सम्पदामा सुचीकृत उलुरुमा पर्यटकको ठूलो आर्कषण
नदर्न टेरीटरीको प्रमुख पर्यटकीय गतव्य उलुरु विश्वका सम्पदा सुचीहरूमा पर्दछ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि उलुरु चाखलाग्दो गतव्यका रूपमा चिनीन्छ् ।
तर स्थानीय आदिवासीका लागि भने यो क्षेत्र संस्कृति,इतिहास र घर हो ।
अनान्गुका परम्परागत मालिकहरूले यो भूमि २६ अक्टोबर १९८५ मा प्राप्त गरेका हुन् ।

तर गत वर्षबाट मात्र यो क्षेत्रमा पर्यटकहरूलाई आरोहणबाट रोक लगाइएको हो ।
र आदिवासीहरूका लागि यो सर्घषपूर्ण जित पनि हो ।
लिन्डा राईट उलुरु कटा जुता नेशनल पार्ककी रेन्जर हुन जसले सो क्षेत्रमा सदैका लागि बन्द छ भनेर होडिङ बोर्ड राख्नका लागि मद्दत गरेकी थिइन् ।
ठुलो रातो ढुङ्गाको मुनी बसेर “बन्द” लेखिएको बोर्ड देखाउँदै उनी यो अनुभव उनको जीवन भरका लागि सम्झनामा रहने बताउँछिन् ।
”म र मेरा म्यानेजरले मिलेर जब यो बोर्ड टाँस्यौ, हामीलाई यो उपस्थितिका लागि गर्व भयो,आदिवासी जो यो भूमिका मालिक हुन उनीहरूको उनीहरूको आँखामा हर्षका आशु देखिन्थ्यो । ”

उलुरु पर्यटकका लागि बन्द भएपछि यहाँका केही स्थानीय व्यापारीहरू मानिसहरूको आवत जावतमा कमी आउने भन्दै चिन्ता व्यक्त गर्दछन् ।
तर पार्कका सञ्चालन प्रबन्धक स्टिभ वाल्डुईन भने पर्यटकको आगमनमा कमी आउनुमा कोभिड–१९ का कारण भएको सीमा बन्द पनि हुन सक्ने बताउँछन् ।
उनी यो समयमा फरक किसिमका पर्यटकको आगमन भएको आफूले अनुभव गरेको बताउँछन् ।
आरोहण बन्द भएयता चट्टानमा मानिसहरू हिँडेर बनेको सेतो दागका तस्बिर र भिडियोहरू प्रकाशन गर्न रोक लगाइएको छ ।
१९६४ मा चट्टान आरोहण सजिलो होस भनेर बनाइएका ”ह्याण्ड रेल” प्रयोग गरेर हजारौँ पर्यटकहरूले चट्टानको भ्रमण गर्दा यस्ता निशान बनेका छन् अघिल्लो महिना गुगलले चट्टानमा देखिएका यस्ता दाग भएका तस्बिरहरू पनि हटाएको छ ।
सो क्षेत्र भ्रमण गर्न रुचाउनेहरू लागि भने उलुरु बन्दले मरुभूमिको भ्रमण गर्न बाट भने रोकेको छैन ।

लिन्डा फ्रेन्च भन्छिन् उनले आफ्ना साथीहरू सँग ३० वर्ष अघि उलुरुको भ्रमण गरेकी थिइन् । उनी भन्छिन् त्यति बेला सबैले आरोहणको अनुभव गर्न पाउँथे ।
एउटा सानो समारोह गरेर स्थानीय समुदायले हक प्राप्तिको ३५ औ वर्ष मनाएका छन् । र जसले रेगिस्तानको मुटुमा एउटा छुट्टै दृष्टिकोण प्रदान गरेको छ ।
