SKIP TO MAIN CONTENT

ओपल कार्ड रिडर बन्द गर्ने निर्णयबाट रेल कर्मचारी युनियन पछि हट्यो

बुधवारदेखि ओपल कार्ड रिडर बन्द गरी यात्रुलाई बिना शुल्क यात्रा गर्न दिने भनी आन्दोलनको कार्यक्रम घोषणा गरेको रेल कर्मचारी सङ्गठन, आफ्नो निर्णयबाट पछि हटेको छ।

2022-09-15_10-24-54.png
Opal gates will be automatically open from next Wednesday for an indefinite period of time as rail workers continue to hit back at the NSW government in an ongoing industrial strike feud. Source: AAP / Nikki Short

2 min read

Published

Updated

By Rayane Tamer

Presented by Sunita Pokharel

Source: SBS


Skip to article content

अपडेट: सरकारले हडताल रोक्न फेयर वर्क कमिसनसँग कानूनी सहयोग मागे पछि अनिश्चीतकालसम्म ओपल कार्ड बन्द गर्ने निर्णय गरेको न्यु साउथ वेल्सको रेल, ट्राम र बस कर्मचारी सङ्गठनले (आरटीबीयु) यस अघिको निर्णय फिर्ता लिएको छ।

१८ महिनादेखि जारी युनियनहरू र न्यु साउथ वेल्स सरकारबिचको सङ्घर्षमा रेल कर्मचारीहरूको यो पछिल्लो र निकै कडा किसिमको औद्योगिक कदम आएको थियो ।

रेल, ट्राम र बस युनियन (आरटीबीयु)ले बुधवार एक विज्ञप्ति जारी गर्दै यसका सदस्यहरूले आगामी २१ सेप्टेम्बरदेखि यात्रुहरूको यात्रा शुल्क लिने मेसिनहरू चालु नगराउने बताएको थियो।

सरकारको "टाउको दुखाइको कारक बनाउने" भन्दै यो कदम लिइएको सो विज्ञप्तिमा उल्लेख गरिएको थियो।

आरटीबीयुका सचिव एलेक्स क्लासेन्सले सरकारको "मूर्खता"का कारण यात्रुहरूले जारी यात्रा अवरोध सामना गर्नु परेको भन्दै अब यसको बदलामा निःशुल्क यात्रा गर्ने बोनस प्राप्त गर्ने बताएका थियो।

"हामीले चाहेको भनेको सुरक्षित रेल, निष्पक्ष पारिश्रमिक र अवस्था मात्र हो, तर न्यु साउथ वेल्स सरकारले यात्रु र कर्मचारीहरूले पाउनु पर्ने सुरक्षित रेल उपलब्ध गराउने, निष्पक्ष पारिश्रमिक र अवस्था दिलाउने भन्दा पनि राजनीतिक खेल खेल्नमा बढी रुचि राखेको देखिएको छ।" उनले भने।

युनियनले नयाँ रेलहरूमा थप सुरक्षा साथै वार्षिक तलबमा ०.५ प्रतिशतको वृद्धि माग गरिरहेको छ।

न्यु साउथ वेल्स सरकारले यसै वर्ष ३ प्रतिशत तलब वृद्धि गर्ने र सन् २०२३ को औद्योगिक सम्झौतामा थप ३.५ प्रतिशतको वृद्धि गर्नेमा सहमति जनाइसकेको छ।

यात्रा शुल्क लिने गेट खुल्ला गरेर सरकारलाई दबाब दिने कर्मचारीहरूको रणनीति पहिलो पटक भने होइन।

यस अघि गत महिना पनि कर्मचारीहरूले यस्तै कदम चालेका थिए।

न्यु साउथ वेल्स प्रिमियर डोमिनीक पेरोटेले गेटहरू खुल्ला भए पनि ९० प्रतिशत यात्रुहरूले गेटमा ट्याप (यात्रा शुल्क तिरेको) गरेको बताएका छन्।

"यसले न्यु साउथ वेल्सका बासिन्दाहरूले यस [मुद्दा] लाई छोड्न चाहन्छन्। र युनियनले पनि यस्तै गर्ने अपेक्षा गरेको छु।"

महिना दिन लामो औद्योगिक हडतालले धेरै दिनसम्म राज्यका रेल सेवाहरूमा अवरोध आए पछि प्रिमियर पेरोटेले अगस्ट अन्तिममा अहिले रहेको सम्झौता पनि रद्द गर्ने धम्की दिएका थिए।

उनले नयाँ सम्झौताका लागि वार्ता टुङ्ग्याएको र अन्तिम अफर दिइएको भए पनि युनियनहरूले त्यसलाई अस्वीकार गर्दै बार्गेनिङ जारी राख्न फेयर वर्क कमिसनलाई संलग्न गराएको स्पष्ट पारे।

युनियनको पछिल्लो कदमलाई रोक्न राज्य सरकारले काम गरिरहेको भए पनि यसै समयमा युनियनले यात्रुहरूलाई एक सन्देश दिएको छ।

"आगामी हप्ता बुधवारदेखि निःशुल्क रेल यात्राको आनन्द लिनुहोस्।"


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now