तीन दशकमा पहिलो पटक अस्ट्रेलियामा आर्थिक मन्दी

अस्ट्रेलिया २८ वर्षमा पहिलो पटक आर्थिक मन्दीको चपेटामा परेको छ।

Treasurer Josh Frydenberg speaks to the media during a press conference at Parliament House in Canberra

Treasurer Josh Frydenberg speaks to the media during a press conference at Parliament House in Canberra. Source: AAP

अस्ट्रेलियाली तथ्याङ्क विभागले जारी गरेको पछिल्लो आँकडा अनुसार देशको कुल गृहस्थ उत्पादन (जिडिपी) मा ७ प्रतिशतले ह्रास आए पछि, तीन दशक यता पहिलो पटक अस्ट्रेलियामा आधिकारिक रूपमै आर्थिक मन्दी छाएको पुष्टि भएको हो।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) भनिने अस्ट्रेलियाली तथ्याङ्क विभागले जुन त्रैमासिकको आँकडा बुधवार जारी गर्ने क्रममा गए एक वर्ष (जुन महिनासम्म) मा भने अस्ट्रेलियाको अर्थतन्त्र ६.३ प्रतिशतले घटेको पनि बताएको छ।

एबीएसका राष्ट्रिय लेखा प्रमुख माइकल स्मेडेसले जुन त्रैमासिकमा अस्ट्रेलियाली अर्थतन्त्र ओरालो लाग्नुमा विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि चालिएका कदमहरूलाई जिम्मेवार ठहराएका छन्।

"सन् १९५९ मा त्रैमासिक रूपमा जिडिपीको विवरण राख्न थालिए यता कै यो कुनै पनि अघिल्लो त्रैमासिकको तुलनामा सबैभन्दा ठुलो अन्तरले कुल गृहस्थ उत्पादनमा देखिएको ह्रास हो," उनले भने।

एबीएसको पछिल्लो तथ्याङ्कले देश आर्थिक मन्दीको चरणमा प्रवेश गरेको प्राविधिक रूपमै पुष्टि भएको छ - कुनै पनि दुई लगातारका त्रैमासिक अवधिमा जिडिपी ऋणात्मक वृद्धि भएमा त्यसलाई आर्थिक मन्दीको रूपमा बुझिने प्रचलन छ।

अघिल्लो मार्च त्रैमासिक अवधिमा अस्ट्रेलियाली अर्थतन्त्र ०.३ प्रतिशतले घटेको थियो।

स्मेडेसले जुन त्रैमासिक अवधिका क्रममा मानिसहरूले घरेलु खर्चमा अत्यधिक कटौती गरेको बताएका छन्।

"कोरोनाभाइरस महामारीका कारण लागू प्रतिबन्धहरूले गर्दा मानिसहरूले आफ्नो बानीमा परिवर्तन गरे," उनले भने।

बुधवार आधिकारिक रूपमा आर्थिक तथ्याङ्क जारी हुनु अघि भने अर्थ मन्त्री मथियास कोर्म्यानले अन्य राष्ट्रको तुलनामा अस्ट्रेलियाको वित्तीय प्रदर्शन राम्रो रहेको बताएका थिए।

"सबै परिस्थिति बिचार गरेर हेर्दा अस्ट्रेलियाले अरू भन्दा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरिरहेको छ," उनले क्यानबेरामा पत्रकारहरूलाई भने।

Prime Minister Scott Morrison and Treasurer Josh Frydenberg during Question Time at Parliament House in Canberra.
Prime Minister Scott Morrison and Treasurer Josh Frydenberg during Question Time at Parliament House in Canberra. Source: AAP

त्यसै गरी बुधवार नै ट्रेजरर जोस फ्राइडेनबर्गले पछिल्लो जिडिपी आँकडा बारे बोल्दै कोरोनाभाइरस सङ्कटका कारण अर्थतन्त्रमा विनाशकारी प्रभाव देखिएता पनि यस कठिन परिस्थितिबाट निस्कने बाटो रहेको बताएका छन्।

फ्राइडनबर्ग भन्छन् कि सङ्घीय सरकारले कोरोनाभाइरसको सङ्कटमा अस्ट्रेलियालीहरूलाई आर्थिक मन्दीको प्रहारबाट बचाउने हर सम्भव प्रयास गरिरहेको छ।

"आज प्रकाशित आँकडाहरूले कोभिड-१९ बाट अस्ट्रेलियाको अर्थव्यवस्थामा विनाशकारी प्रभावको पुगेको पुष्टि गरेको छ," उनले भने।

"लगातार २८ वर्षसम्म रहेको आर्थिक वृद्धिको रेकर्ड अब आधिकारिक रूपमा समाप्त भएको छ।"


Share

2 min read

Published

Updated

By Emma Brancatisano




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now