SKIP TO MAIN CONTENT

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाल र भुटानलाई के भने?

अघिल्लो बर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी भ्रमणको तयारीका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई "निप्पल" तथा भुटानलाई "बटन" उच्चारण गरेको कुरा एक अमेरिकी समाचार वेबसाइटले लेखेको छ।

US President Donald Trump
Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

परम्परागत कुटनैतिक शैलीलाई अपनाउन खासै रुचि नदेखाएका अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै किसिमले अमेरिकी परराष्ट्र नीति चलाईरहेको आक्षेप उनी माथि बेला-बखत लाग्दै आइरहेको छ।

नेपाल र भुटान त्यो नक्सामा देखेर उनी अचम्म परे र सोधे, "भारत र चीन बीच यी के हुन्?"

पोलीटीको नामक उक्त वेबसाइटले व्हाईट हाउसका एक स्रोतलाई उद्धरण गर्दै लेख्छ, भारतीय प्रधानमन्त्रीको अमेरिकी भ्रमणका निम्ती ट्रम्पलाई केही व्हाईट हाउसका कर्मचारीहरुले ब्रिफिंग गरिरेहेका थिए। त्यसै क्रममा उनलाई दक्षिण एसियाको नक्सा देखाईयो।

नेपाल र भुटान त्यो नक्सामा देखेर उनी अचम्म परे र सोधे, "भारत र चीन बीच यी के हुन्?"

ट्रम्पलाई यी दुई नेपाल र भुटान भन्ने स्वतन्त्र राष्ट्रहरु हुन् भन्ने बुझाईसकेपछि उनले जिस्किंदै नेपाललाई "निप्पल" भनरे उचारण गरे भने भुटान माथि हाँसो गर्दै भने "ए, बटन"!

एक अर्कै अधिकारीलाई स्रोत बनाउँदै उक्त वेबसाइट अगाडी लेख्छ, ट्रम्प आफुलाई उच्चारण गर्न गाह्रो लाग्ने शब्दहरु प्रयोग गर्न रुचाउँदैनन् र त्यस्ता शब्दहरुबाट टाढै रहन खोज्दछन् किनकी उनलाई ती शब्दहरु कसरी उच्चारण गर्ने भन्ने थाहै छैन। तर, व्वाइट हाउस भने राष्ट्रपति अरुलाई आदर गर्ने मानिस भएकाले उच्चारण सही होस् र अरुको भावनामा ठेस नपुगोस् भन्ने कुरामा राष्ट्रपति हेक्का राख्छन् भनी भन्दछ।

ट्रम्पलाई यी दुई नेपाल र भुटान भन्ने स्वतन्त्र राष्ट्रहरु हुन् भन्ने बुझाईसकेपछि उनले जिस्किंदै नेपाललाई "निप्पल" भनरे उचारण गरे भने भुटान माथि हाँसो गर्दै भने "ए, बटन"!

उनको यस्तै अशुद्ध उचारणको घटना अघिल्लो बर्षको संयुक्त राष्ट्र संघको बैठकको बेला पनि घटेको थियो। उनले त्यसबेला "नामिबिया" भन्नुपर्नेमा "नाम्ब्या" भनी अफ्रिकी राष्ट्रलाई सम्बोधन गरेका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now