SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्सको बाढीमा एक महिलाको शव फेला, ८५ वर्षीय पुरुषको खोजी जारी

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

NSW FLOODS
One of the many vehicles swept away during a flash flood in the town of Eugowra, Central West New South Wales, Tuesday, November 15, 2022 Source: AAP / MURRAY MCCLOSKEY/AAPIMAGE

3 min read

Published

By SBS

Presented by Dinita Rishal

Source: SBS



Skip to article content

न्यु साउथ वेल्सका भागहरूमा बाढीको क्रम जारी छँदा भिक्टोरिया उच्च सतर्कतामा रहेको छ। त्यस्तै, साउथ अस्ट्रेलियामा आँधी पछिको सफाई जारी छ भने टास्मेनियामा भारी वर्षाको चेतावनी जारी गरिएको छ। न्यु साउथ वेल्सको बाढीमा एक महिलाको शव फेला परेको छ।

राज्यको मध्यम पश्चिमी भागमा रहेको युगोरामा घरका छाना सम्म पुग्ने बाढीमा हराएकी एक महिलाको खोजी गरिएको थियो।

शवको औपचारिक पहिचान हुन सकेको छन्, तर उक्त शव ६० वर्षीय डायान स्मिथ रहेको अनुमान गरिएको छ।

उनी सोमबार बिहान आफ्नो कारमा छँदा, आफन्तसँग फोनमा कुरा गरे पछि बेपत्ता भएकी थिइन्।

त्यस्तै, बाढीमा हराएको अनुमान गरिएका ८५ वर्षीय पुरुष ल्युबिसा 'लेअस' भ्युगेकको खोजी जारी छ।

मध्य पश्चिमी न्यु साउथ वेल्सका बाढी प्रभावित क्षत्रहरूमा सहयोगका न्यु जिल्यान्डबाट आपतकालीन सेनाहरू पुगेका छन्। सिंगापूर र अमेरिकाबाट पनि सेना तैनाथ गर्ने तयारी हुँदै छ।

नामोई र मूकी नदिका सतह बढ्दा गनडामा ठूलो बाढी आएको छ।

सहायक नदीका प्रवाहले वी वामा आजदेखि यस हप्ताको अन्त्यसम्म ठूलो बाढी आउने अनुमान गरिएको छ।

वारेन टाउनको मक्वेरी नदीको सतह कम हुँदै जाँदा, बाढी तलको दिशामा बगेको हुनाले बिहीबार सतह बढ्न सक्ने अनुमान गरिएको छ।

मल्गवरिना र गन्गलगनमा पानीको सतह बढ्दा ड्यानडलू र मडालमा आज र यस सप्ताहान्तमा ठूलो बाढीको अनुमान छ।

त्यस्तै, फोर्ब्समा आज सन् १९५२ को जस्तै ठूलो बाढी आउन सक्ने बताइएको छ। यो अवस्था सप्ताहान्त भर जारी हुन सक्ने अनुमान छ।

नानामी, कटन्स वायर, जेमालंग वायर, कन्डोबोलिन, युवाबलंग र हिल्स्टनमा ठूलो बाढी आउन जारी छ।

मङ्गलबार हे टाउनको मर्रमबिजी नदीको सतह ९.१० मिटर पुग्दै, थप बढ्ने सम्भावना रहेको थियो। यो सन् १९७४ को भन्दा ठूलो सङ्ख्या हो।

उक्त सतह आज ९.२० मिटरसम्म पुग्न सक्ने बताइएको छ।

त्यस्तै, सन् १९७५ को भन्दा गम्भीर अवस्था रहेको टरमब्यारी, द वकूल, मर्री र एड्वार्ड नदीका कारण वकूल जन्क्सनमा ठूलो बाढी आएको छ।

बाढीको पानी तल्लो दिशामा गइरहेको हुनाले बोउन्डरी रोड, युस्टन, मिल्डुरा र वेन्टवर्थमा सन् १९७५ को भन्दा ठूलो बाढी आउने अनुमान छ।

एंगलडूलमा बाढी जारी छँदा, वीलमोरिन्गलमा बिहीबार बाढीको सतह बढ्न सक्ने बताइएको छ।

त्यस्तै, उत्तरी भिक्टोरियामा जलमार्ग र पानी जम्मा हुने ठाउँहरूमा पछिल्लो वर्षा हुँदा, बाढीको चेतावनीहरू जारी रहेका छन्।

साउथ अस्ट्रेलियामा हजारौँ मानिसहरू बिजुली बिहीन अवस्थामा रहन बाध्य छन् भने केही क्षत्रहरूमा कुन समयमा मर्मत हुन्छ भनी बताइएको छैन।

विशेष गरी महानगरीय एडिलेडका बासिन्दाहरू प्रभावित भएका हुन्।

त्यस्तै, दक्षिणी टास्मेनियामा भारी वर्षाका मध्य-अक्टोबरको वर्षाका कारण प्राभावित क्षत्रहरूमा बाढी आउन सक्ने मौसम विज्ञान ब्यूरोले मङ्गलबार चेतावनी दिएको छ।

पछिल्लो मौसमी पूर्वानुमान तथा जानकारीका लागि मौसम विभागको वेबसाइट हेर्नुहोस्।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स, भिक्टोरिया,  साउथ अस्ट्रेलिया टास्मेनियाका एसईएस वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now