SKIP TO MAIN CONTENT

पानीमा डुबी दुई नेपालीको निधन, एक उपचारार्थ अस्पतालमा

Nepali drowned
Source: Facebook

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to article content

सिड्नीको उत्तरमा रहेको बेरोरा वाटर्समा हिजो शुक्रवार बेलुकी दुई नेपालीको पानीमा डुबी निधन भएको छ।

आपालकालीन सेवाले अर्का एक नेपालीको भने त्यहाँबाट उध्दार गरेको छ र हाल उनी अस्पतालमा उपचार्थ भर्ना भएका छन्।

बेलुकी सात बजे तिन जना पानीमा बेपत्ता भएको खबर पाएपछि एम्बुलेन्स लगायतका आपातकालीन सेवाहरु त्यहाँ पुगेका थिए।

दुई जनाको शव फेला पारेपछि प्रहरिले रातको साढे एघार बजे खोजी कार्य बन्द गरेको थिए।

यसबारेमा थप विवरण न्यु साउथ वेल्स प्रहरिले अझै जारी गरेको छैन।

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now