SKIP TO MAIN CONTENT

लेबर सिनेटर क्रिस्टिना कनेलीलाई धम्की दिएको आरोपमा दुई जनामाथि मुद्दा दायर

प्रहरीले सिड्नीका एक पुरुष र एक महिलालाई लेबर सिनेटर क्रिस्टिना कनेलीलाई धम्कीपूर्ण सन्देश पठाएको आरोप लगाएको छ।

Labor's Home Affairs spokesperson Kristina Keneally at a press conference at Parliament House in Canberra.
Labor's Home Affairs spokesperson Kristina Keneally at a press conference at Parliament House in Canberra. Source: AAP

1 min read

Published

Updated



Skip to article content

अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) ले अनुसन्धान पछि लेबर सिनेटर क्रिस्टिना कनेली विरुद्ध कथित अनलाइन धम्कीको आरोपमा दुई जनालाई अभियोग लगाइएको हो।

सिड्नीको पश्चिममा रहेको ह्यारिङ्टन पार्कका २९ वर्षीय पुरुष र मेटल्याण्डकी ४१ वर्षीया महिलालाई प्रहरीले मङ्गलवार उनीहरूको घरको खानतलासी गर्न वारेन्ट जारी गरेपछि अभियोग लगाइएको बताइएको छ।

एएफपीका अनुसार ती अभियुक्तहरू गत वर्षको नोभेम्बर २३ तारिखमा दुई बेग्ला-बेग्लै सन्देशहरू पठाउन जिम्मेवार थिए।

"ती सन्देशले धम्की वा हिंसात्मक कार्यको वकालत गरेको थियो," एएफपीले भनेको छ।

२९ वर्षीयलाई सङ्घीय सार्वजनिक अधिकारीलाई हानि पुर्‍याउने धम्की दिएको अभियोग लगाइएको छ भने ४१ वर्षीयालाई धम्की, हैरानी वा अपराध गर्न मद्दत गरेको अभियोग लगाइएको छ।

सम्बन्धित अपराधहरू प्रमाणित भए उनीहरूलाई क्रमशः अधिकतम सात र पाँच वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ।

Kristina
Source: AAP

आउँदो १३ अप्रिलमा सिड्नीको केन्द्रीय स्थानीय अदालतमा यो मुद्दाको सुनुवाई हुनेछ।

उता, सिनेटर कनेलीले आफूले ती सन्देशहरू पाएको पुष्टि गरेकी छिन् तर मुद्दा अदालतमा विचाराधीन रहेकाले कथित धम्कीको विषयवस्तु वा परिस्थितिका बारे अहिले थप केही भन्न नसकिने बताएकी छिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now