SKIP TO MAIN CONTENT

विदेशी सरकारी अधिकारीलाई घुस दिएको आरोप सहित सिड्नीबाट दुई व्यक्ति पक्राउ

श्रीलङ्काली सरकारी अधिकारीहरूलाई घुस दिएर काम हात पार्न कोसिस गरेको आरोपमा सिड्नीबाट दुई जना मानिस पक्राउ परेका छन्।

Screenshot 2022-10-11 at 09.39.59.png
A Putney man, 67, and Newtown man, 71, were arrested and charged in September of this year. Source: AFP

2 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

सेप्टेम्बरमा पक्राउ परेका सिड्नी स्थित पुट्नेका ६७ बर्सिया मानिस र न्यु टाउनका अर्का एक ७१ बर्सिया मानिसलाई श्रीलङ्काका दुई ठुला परियोजनामा संलग्न अधिकारीहरूलाई घुस दिएर सम्झौता हासिल गर्न कोसिस गरेको आरोपमा आज अदालतमा उपस्थित गराइन लागिएको हो।

लामो अनुसन्धान पछि उनीहरुलाई आज डाउनिङ्ग सेन्टर स्थानीय अदालतमा उपस्थित गराइन लागिएको सङ्घीय प्रहरीको भनाई छ।

अस्ट्रेलियामा रहेको एसएमइसि होल्डिङ्ग्स र यसको भगिनी संस्था एसएमइसि इन्टरनेशनलले श्रीलङ्कामा दुई ठुला परियोजनाको पर्यपक्षेणका लागि करिब ८८ लाख अमेरिकी डलर बराबरको सम्झौता हासिल गर्नका लागि घुस दिएको आरोप लागेको छ।

पक्राउ परेका ती व्यक्तिले सन् २००९ देखि २०१६ का बिचमा श्रीलङ्काली सरकारी अधिकारीहरूलाई करिब ३०४,००० अस्ट्रेलियाली डलर भन्दा बढीको व्यवस्था गरेको सङ्घीय प्रहरीको आरोप छ।

अनुसन्धानका लागि स्थानीय र विदेशी निकायहरूसँग समन्वय गरिरहेको पनि प्रहरीले बताएको छ।

अस्ट्रेलियन सेक्युरिटी एन्ड इन्भेस्टमेन्ट कमिसन, व्यापार र लगानी परिषद् (असट्रेड), श्रीलङ्काली र बगंलादेशी प्रहरी, भारतीय अनुसन्धान विभाग, क्यानेडेली प्रहरी र अमेरिकी अनुसन्धान संस्थासँग समन्वय भइरहेको प्रहरीको भनाई छ।

ति दुई व्यक्ति माथि विदेशी सरकारी अधिकारीहरूलाई घुस दिने षडयन्त्र गरेको भन्दै, आपराधिक ऐन १९९५ बमोजिम फौजधारी धारा ११.५ र ७०.२ अन्तर्गत कारवाही सिफारिस गरिएको बताइएको छ।

यस्तो अपराधमा दोषी पाइए १० बर्ससम्मको जेल सजाय हुन सक्छ।

अनुसन्धान अधिकृत हेलेन स्नेडेरले भ्रष्टाचार नियन्त्रण गर्नु सङ्घीय प्रहरीको प्रमुख दायित्वहरूमा पर्ने बताइन्।

अनुसन्धानका जारी रहेकाले थप मानिसहरू पक्राउ पर्न सक्ने बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now