क्यानडाको प्रहरीले दुई किशोरहरू जो हराएको हुन सक्ने आशङ्का गरेको थियो, उनीहरूले नै लूकस र चाइना को पनि हत्या गरेको हुन सक्ने बताएको छ।
एक समयमा पीडित हुन सक्ने अनुमान गरिएका कम म्याक्लाउड र ब्राएर श्मेगेल्सकी यतिखेर खतरनाक हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
फोलर र डीस सहित अर्का एक परिचय नखुलेका पुरुषको मृत्यु भएको खबर सँगै दुई किशोरहरू हराएको समाचारहरू आएका थिए।

प्रहरीले भर्खरै मात्र परिचय खुलेका लेनार्ड डाइकको मृत्युको आरोपित का रूपमा १८ र १९ वर्षीय यी दुई किशोरहरूको खोजी देशभर नै जारी राखेको छ।
घटनाक्रम
जुलाई १५ मा अलास्का हाइवे नजिकै लूकस फोलर र चाइना डीसको हत्या भएको खबरहरू आए।
त्यस लगत्तै त्यति बेला र परिचय नखुलेका तेस्रा व्यक्तिको पनि हत्या भएको र अन्य दुई किशोरहरू बेपत्ता भएको खबरले सबैलाई त्रसित बनाएको थियो।

तर सम्भावित पीडित हुन सक्ने ती किशोरहरूको खोजी यति बेला फरार आरोपितका रूपमा भइरहेको छ।
पहिले सँगै विद्यालयमा पढेका १९ वर्षीय कम म्याक्लाउड र १८ वर्षीय ब्राएर श्मेगेल्सकी लाई तिन जनाको हत्याका संदिग्ध भन्दै खोजी कार्य थालिएको थियो।
न्यु साउथ वेल्सका वरिष्ठ प्रहरी अधिकृत रहेका स्टेफन फोलर का छोरा लूकस र उनकी प्रेमिका चाइनालाई गोली प्रहार गरी हत्या गरिएको हुन सक्ने न्यु साउथ वेल्स प्रहरीका उप आयुक्त मार्क जोन्सले बताएका थिए।
क्यानडाको रोयल माउन्टेड प्रहरी अधिकृत जनेल शोयहेट सर्बसाधारणलाई सावधानी अपनाउन आग्रह गर्दै भने।
म्याक्लाउडको फेसबुक फिडमा २०१५ उनले एउटा सामग्री पोस्ट गरेको देखिएको छ जसमा लेखिएको छ : बन्दुकले मानिसहरूलाई मार्ने हैन, प्रमुख तया गोलीले हो।

र उनको प्रोफाइलले उनी क्यानडाको युवा कम्युनिस्ट लिगको सदस्य भएको पनि देखाउँछ।
सिड्नीका लूकस फोलर र चाइना डीसको हत्या भएको चार दिन पछि म्याक्लाउड र स्मेगेल्सकी बेपत्ता भएको घोषणा गरिएको थियो।
उनीहरूलाई सो हत्याको केही दिन अगाडी मात्र जीवन भरको भ्रमणलाई पुग्ने जति पेट्रोल लिएको देखिएको थियो।
ती दुई किशोरहरू बेपत्ता भएको भनिएको दिन नै अर्का एक पुरुषको शव भेटिएको थियो।
प्रहरी अधिकृत शोहेट भन्छन् प्रहरीले ती घटनाहरूलाई एक अर्का सँग जोडेर हेरेको छ।
प्रहरीका लागी तिन हत्या भएको समय र स्थानको दुई किशोरहरूको हराउनुसँग सम्बन्ध रहेको बेवास्ता गर्न नसकिने देखिएको छ।
लूकस र चाइनालाई लीयार्ड स्प्रिङ्ग बाट २० किलोमिटरको दुरीमा गोली हानी हत्या गरिएको थियो।
तेस्रो शव चाहिँ त्यहाँबाट ५०० किलोमिटरको दुरीमा डीज तालमा भेटिएको थियो।
र त्यसको २ किलोमिटर पर म्याक्लाउड र स्मेगेल्सकी को स्वामित्व रहेको पिक अप ट्रकमा आगो लागेको भेटिएको थियो।

ती जोडीलाई अन्तिम पटक खैरो टोयोटा र्याभ-४ मा हत्या भएको स्थानबाट केही पर मात्र देखिएको थियो भने पछिल्लो समयमा दुई हजारकिलोमिटरको दुरीमा रहेको मनिटोबामा देखिएका थिए।
र बिहीबार उनीहरूले चलाएको गाडी, निकै दुर्गम ठाउँमा रहेको एउटा सानो सहर गिलाममा त्यहाँका सुरक्षा कर्मीहरूले फेला पारेका छन् ।
अस्ट्रेलियाली फोलर र उनकी प्रेमिकाको हत्या पछाडि हात भएको हुनसक्ने अनुमान गरिएका ती किशोरहरूलाई बिहीबार मात्र प्रहरीद्वारा भ्यानकुभरका लेनार्ड डाइकको हत्याराका रूपमा अभियोग लगाइएको छ।
विक्षिप्त परिवार
पीडित र कथित पीडक दुवैका परिवारलाई अहिले बज्रपात परेको छ।
कम म्याक्लाउडका परिवारका सदस्यहरूले भने उनलाई एक असल व्यक्ति भएको बताएका छन्।
श्मेगेल्सकी का पिता एलन श्मेगेल्सकीले पत्रकारहरूलाई उनका छोराले अन्तिम पटक जुलाई १२ मा आफूलाई म्यासेज गरेको बताएका छन्।
"तपाइहरूलाई थाहा नै होला, हुन सक्छ म अनुभवी प्रहरी अधिकृत हुँ, तर आज म हत्या गरिएका व्यक्तिको पिताको रूपमा यहाँ उभिएको छु।हामीलाई यसले विचलित बनाएको छ।"
उनी भन्छन् दुवै किशोरहरू एरसफ्ट नामक सैन्य युद्ध खेल भनेपछी भुतुक्कै हुन्थे।
साथै उनले आफ्ना छोरा आत्मदाहको बाटोमा हिँडेको भन्दै निकै भावुक भएका छन्।
"एउटा सामान्य बच्चाले मान्छेलाई मार्दै देशभर घुम्दैन। साँच्चै भन्दा मलाइ थाहा छ आज वा भोलि उनको मृत्यु हुन्छ। म तिमीलाई माया गर्छु र माफी पनि माग्छु यो सबै भएकोमा र माफी माग्छु मैले तिमीलाई यो सबबाट बचाउन नसकेकोमा।"
न्यु साउथ वेल्स प्रहरी अधिकृत लूकसका पिता स्टेफन फोलरले मङ्गलवार सञ्चार माध्यममा आफ्नो पिडा व्यक्त गरेका थिए।

"तपाइहरूलाई थाहा नै होला, हुन सक्छ म अनुभवी प्रहरी अधिकृत हुँ, तर आज म हत्या गरिएका व्यक्तिको पिताको रूपमा यहाँ उभिएको छु।हामीलाई यसले विचलित बनाएको छ।"
र बुधवार चाइना डीस कि आमा शिला डीसले एबिसी अस्ट्रेलियासँग आफ्नो नर्थ क्यारोलिनामा अवस्थित घरमा कुरा गर्दै यस्तो पिडा कसैलाई पनि नपरोस् भनेर कामना गरेकी थिइन।
