SKIP TO MAIN CONTENT

कामदारहरुको शोषण गरेको आरोप लागेका दुई नेपाली अस्ट्रेलियाबाट निष्काशित

अस्ट्रेलियन बोर्डर फोर्सले मानव शोषण सम्बन्धी आरोप लागेका तथा अस्ट्रेलियामा गैरकानुनी रुपमा बस्दै आएका दुई नेपाली नागरिकहरुलाई अगस्ट ७ तारिकका दिन नेपाल फर्काईदिएको छ।

ABF
Source: ABF Media

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियन बोर्डर फोर्स (एबीएफ)का एक प्रवक्ताले एसबीएस नेपालीलाई बताए अनुसार अस्ट्रेलियामा रहेका नेपाली अधिकारीहरुले पहिचान पत्र बनाईदिए पछि उनीहरुलाई अस्ट्रेलियाबाट निष्काशित गरिएको हो।

यसअघि, जुलाई महिनामा ती दुई नाम नखुलाइएका नेपाली नागरिकहरुलाई एबीएफका अधिकारीहरुले आफ्नो नियन्त्रणमा लिएका थिए।
One of the unlawful non-citizens detained during the ABF's Kununurra operation this week
One of the unlawful non-citizens detained during the ABF's Kununurra operation Source: ABF Newsroom

उनीहरु त्यस बखत ६ जना मलेसियन नागरिकहरुसँगै पश्चिमी अस्ट्रेलियाको कुनुन्नुर्रा भन्ने ठाउँबाट पक्राउ परेका थिए।

ती आठ जनालाई एबीएफका अधिकारीहरुले सोधपुछका लागि भन्दै कुनुन्नुर्राको स्थानीय प्रहरीको सहयोगमा दुई भिन्दा-भिन्दै घरहरूबाट नियन्त्रणमा लिएको थियो।

एबीएफका कायममुकायम सुपरन्टेंन्डन्ट एन्थोनी स्पादभेचियाका अनुसार देश निकालामा परेका ती दुई नेपाली नागरिकहरुको कामदार शोषणमा निकै ठुलो हात रहेको थियो।

"बिदेशी कामदारहरुको शोषण गरेको शङ्कामा परेका मालिकहरु तथा दलालको रुपमा बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिहरु माथि गरिएको हाम्रो कारवाही सफल भएको छ", सुपरन्टेंन्डन्ट स्पादभेचियाद्वारा जारी गरिएको एक प्रेस वक्तव्यमा उल्लेखित छ।

"गैरकानुनी रुपमा अस्ट्रेलियामा रहेका मानिसहरुलाई विभिन्न प्रलोभनमा पारेर कुनियत भएका केही व्यक्तिहरुले निकै फाइदा उठाईरहेका छन्। यस्तो कार्यले वैध रुपमा संचालन भईरहेका व्यवसायहरुलाई हानि पुर्याउँछ।"

एबीएफका अनुसार यस्ता हुने प्रवेसाज्ञा सम्बन्धी अपराधहरु प्रमाणित भए १० बर्ष जेल सजाय साथै २१०,००० डलर (व्यक्तिहरुका हकमा) देखि १,०५०,००० डलरसम्म (कम्पनीका हकमा ) दण्ड जरिवाना हुनसक्छ।

पश्चिमी अस्ट्रेलियाको सुदुर उत्तरी क्षेत्रमा भईरहेका यस्ता गैरकानुनी कार्यहरुमा आफ्नो छानबिन जारी नै रहेको पनि एबीएफले जनाएको छ।

यदि तपाईं पनि यस्तो दुष्कार्यको शिकार हुनुभएको छ वा तपाईंसङ्ग यस्ता गैरकानुनी कार्यहरु बारे सुचना छ भने अस्ट्रेलियन बोर्डर फोर्सलाई सम्पर्क गर्नुहोस्।

यसबारे थप बुझ्न हामीले क्यान्बेर्रा स्थित् नेपाली राजदुतावासमा सम्पर्क गरेका छौं।

कुनुन्नुर्रा कहाँ पर्छ?

फेसबुक तथा ट्वीटरमा हामीलाई लाइक तथा फलो गर्नुहोस् 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now