चुनावी हार पछि तात्कालिन नेता बिल शर्टनले उक्त पद बाट आफु हट्ने घोषणा गरेपछि नेता र उप-नेताका पद पनि रिक्त घोषित गरिएको थियो र आज सम्ममा उक्त पदका दाबेदारहरुले आफ्नो उम्मेद्वारी बुझाइसक्नुपर्ने म्याद तोकिएको थियो।
पूर्व लेबर उप-नेत्री तान्या प्लिबर्सेक लगायत वरिष्ठ सांसद द्वय क्रिस बोवेन र जिम चाल्मर्सले पनि आफुहरु नेता पदको लागि नलड्ने भन्दै एन्थनी अल्बनेज़ी प्रति आफ्नो समर्थन रहने बताएका थिए।
लेबर नेता बने पछि आज पत्रकारहरुसँग कुरा गर्दै अल्बनेज़ीले आफुलाई समर्थन गर्नेहरुलाई धन्यबाद दिंदै आगामी तीन वर्षमा आफ्नो पार्टीलाई सरकारमा ल्याउन मिलेर काम गर्नु पर्ने जोड दिए।
साथै उनले पूर्व नेता बिल शर्टन प्रति पनि आभार व्यक्त गर्दै आउदा दिनहरुमा शर्टनले आफ्नो पार्टीमा सम्मानित स्थान पाउने बताए।
आगामी बिहिबार पार्टी उप-नेता बारे निर्णय हुने पनि अल्बनेज़ीको भनाइ थियो।
उक्त पदमा भिक्टोरियाली सांसद रिचार्ड मार्ल्स पनि निर्विरोध नियुक्त हुने देखिएको छ।

को हुन् एन्थनी अल्बनेज़ी?
भित्री पश्चिमी सिड्नीको ग्राएंड्लर निर्वाचन क्षेत्रबाट १९९६ देखि नै निर्वाचित हुँदै आएका अल्बनीजी छायाँ मन्त्री, मन्त्री साथै उप- प्रधान मन्त्री समेत बनिसकेका छ।
सिड्नी युनिभर्सिटीमा अध्ययनरत रहँदा नै विद्यार्थी राजनीतिमा लागेका अल्बनीजी लेबर र त्यसमा पनि वामपन्थी धारको लेबरको हिस्सा बनेका थिए।

सांसद बन्नु पूर्व अल्बनीजीले लेबर पार्टीको सचिवका रूपमा र तात्कालिन न्यु साउथ वेल्स प्रिमियर बब कार का लागी समेत काम गरेका थिए।
यो त भयो राजनीतिक यात्रा अल्बनीजीलाइ एक डिजेका रूपमा पनि चिनिन्छ भन्दा अचम्म लाग्न सक्छ।

