Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

गर्मी लागेपछि सिड्नी र मेलबर्न लगायतका सहरहरूमा “लोड शेडिङ्ग” हुने सम्भावना

यदि कोइला र ग्याँसबाट ऊर्जा उत्पादन गर्ने केन्द्रहरू बेलैमा पुन: नखुले भिक्टोरियामा रहेका करिब १० लाख भन्दा बढी घरहरूमा आउँदो गर्मी मौसममा विद्युत् आपूर्तिमा समस्या हुने अस्ट्रेलियाको ऊर्जा बजार सञ्चालकले जनाएको छ।

Homeland Report 280619

Source: Courtesy of flickr AD

अस्ट्रेलियन इनर्जी मार्केट अपरेटर (एइमो)ले बिहीबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार समयमै ग्याँसबाट ऊर्जा बनाउने दुई कारखानाहरू मर्मत गर्न नसकिए भिक्टोरिया राज्यको विद्युत् आपूर्तिमा गंम्भिर असर पर्नेछ।

भिक्टोरियाको गीप्स्ल्याण्ड क्षेत्रमा रहेको एजीएलको ५०० मेगावाट क्षमता रहेको लोय याङ्ग ए२ र ओरिजिनको स्वामित्वमा रहेको मोर्टलेकमा रहेको अर्को २५९ मेगावाट क्षमताको ऊर्जा उत्पादन केन्द्रहरू हाल बन्द अवस्थामा छन्।

केही समय अघि “फल्ट” देखिए पछि ती ऊर्जा उत्पादन केन्द्रहरू बन्द गरिएका थिए र आगामी डिसेम्बर महिनासम्म पुन सञ्चालनमा आउने बताइएको छ।

Hazelwood power station 3
Hazelwood Power Station Source: Flickr - Jeremy Buckingham

तर, लाट्रोब उपत्यकामा रहेको हेजलवूड कोइला ऊर्जा उत्पादन केन्द्र पर्यावरणीय कारणहरूले गर्दा बन्द गरिएपपछि एइमोका अनुसार भिक्टोरिया राज्यमा जगेडा ऊर्जा उत्पादन निकै कम छ।

सौर्य तथा वायुबाट उत्पादित ऊर्जाहरूमा बढोत्तरी भए पनि यो अपुग रहेको एइमोले जनाएको छ।

उसका अनुसार, अति प्रचण्ड गर्मीका दिनहरूमा मानिसहरूले आफ्नो घर चिस्याउन अधिक ऊर्जा खर्च गर्नेछन् र यसका लागि अतिरिक्त माग १२५ देखि ५६० मेगावाटसम्म बढ्ने छ।

“यदि यी दुवै ऊर्जा उत्पादन केन्द्रहरू गर्मी यामसम्म नबने र अतिरिक्त ऊर्जा आपूर्ति पनि नभए, भिक्टोरिया अन्धकारमा धकेलिने छ र अत्यधिक गर्मी भएका बेला अनैच्छिक लोड शेडिङ्ग हुने पक्का छ।”

“२६०,००० देखि १३ लाख सम्मका घरधुरीहरूमा चार घण्टा जति विद्युत् आपूर्ति अवरुद्ध हुनसक्छ,” उक्त प्रतिवेदनले उल्लेख गरेको छ।

न्यु साउथ वेल्स पनि प्रभावित

ऊर्जा बजार सञ्चालक एइमोका प्रमुख कार्यकारी औड्री जिबेलम्यानका अनुसार भिक्टोरियाको उत्तर तर्फको छिमेकी राज्य न्यु साउथ वेल्समा पनि अबका केही वर्षहरू भित्र तापक्रम अति बढेका दिन लगभग ७७०,००० घरधुरीहरूमा अन्धकार छाउन सक्छ।

विशेष गरेर, लिड्डेल ऊर्जा केन्द्र आर्थिक वर्ष २३/२४ सम्ममा बन्द हुने भनिए पछि एइमोले उक्त चेतावनी दिएको हो।

हेजलवूड र लिड्डेल जस्तै कोइला प्रयोग गरेर ऊर्जा उत्पादन गर्ने अन्य “पावर प्लान्ट”हरू पनि जीर्ण हुँदै गएका र बेलैमा ऊर्जाका अन्य विकल्प बारे नसोचे अस्ट्रेलियाभर नै लोड शेडिङ्ग हुनसक्ने पनि उक्त प्रतिवेदनले जनाएको छ।

Liddell power station
Australia has adopted a piecemeal approach to emission reduction, according to the OECD. (AAP) Source: AAP

जिबेलम्यानले समस्याको गाम्भीर्यतालाई बुझेर तत्काल ऊर्जा क्षेत्रमा लगानी बढाएर सस्तो र भरपर्दो विद्युत् आपूर्ति गर्नुपर्ने औँल्याएकी छिन्।

“प्रविधिमा भएका विकासहरूको उपयोग गर्दै सबै किसिमका स्रोतहरूलाई ऊर्जा उत्पादनका निमित्त प्रयोग गर्ने प्रतिवद्दता हुनु जरुरी छ।”

“यसो गर्दा मात्र साबिकको माग र भविष्यमा हुने थप माग सस्तोमा पुरा गर्ने मौका मिल्नेछ,” उनले भनिन्।

सङ्घीय सरकार र राज्य सरकार बिच तनाव

उता, ऊर्जाको मामला हेर्ने सङ्घीय मन्त्री एङ्गस टेलरले भिक्टोरियाको सरकारद्वारा अस्ट्रेलियाको राष्ट्रिय ऊर्जा बजारलाई प्रतिकुल प्रभाव पारेको आरोप लगाएका छन्।

भिक्टोरियाको कदमहरूले अस्ट्रेलियाको राष्ट्रिय ऊर्जा बजारको विश्वसनीयता र किफायतीमा अनावश्यक जोखिम तर्फ धकेली दिएको आरोप लगाउँदै टेलरले भने, “सन् २०१८मा भिक्टोरियालाइ ऊर्जा वितरणमा राष्ट्रिय स्तर कायम गर्न हम्मे-हम्मे पर्‍यो।”

Federal Minister for Energy Angus Taylor
Tổng trưởng Năm lượng Angus Taylor công bố kế hoạch thay thế nhà máy điện ở Kurri Kurri. Source: AAP
“भिक्टोरियाका बासिन्दाहरूले स्विच अन गर्दा बत्ती बल्छ र बलि नै रहन्छ भन्ने कुरामा निर्धक्क हुन सक्नुपर्छ।”

तर भिक्टोरिया राज्यमा उनका समकक्षी लिली डी’एमब्रोसिओले कोइलाबाट ऊर्जा उत्पादन गर्ने कारखानाहरू जीर्ण हुँदै गएका कारण आपूर्तिमा कमजोरी देखिए बताए।

“राष्ट्रिय ऊर्जा नीति नबनेसम्म भरपर्दो ऊर्जा आपूर्ति माथि खतराको कालो बादल मडारी नै रहने छ।”

“एङ्गस टेलरले आफ्नो आँखा अगाडी नै रहेका तथ्यहरू राम्ररी हेर्नुपर्‍यो,” उनले भनिन्।

“आउँदा वर्षहरूमा भिक्टोरियामा नवीकरणीय ऊर्जाका कारण आपूर्ति थप गर्न समस्या पर्ने छैन।”


3 min read

Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now