SKIP TO MAIN CONTENT

मेडिकेयर विवरण अद्यावधिक गरेर पैसा फिर्ता पाउनुहोस्

आफ्नो बैङ्क खाताको विवरण सरकारलाई नबुझाएकै कारण करिब ६७०,००० अस्ट्रेलियनहरुले मेडिकेयर छुट बापतको १० करोड डलरभन्दा बढी रकम फिर्ता दिन नसकिएको मानव सेवा सम्बन्धी सङ्घीय मन्त्री माइकल कीननले बताएका छन्।

Businessman hands holding money
Image: Loandesk Source: loandesk

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सङ्घीय मन्त्री कीननका अनुसार आफ्नो बैङ्क खाता नम्बर बुझाउन बारम्बार ताकेता गरेता पनि झन्डै ७ लाखको हाराहारीमा रहेका ती अस्ट्रेलियनहरुले आफ्नो विवरण अद्यावधिक अझै गरेका छैनन्।

आफ्नो विवरण अद्यावधिक गर्न मानिसहरूले निकै समय पनि खर्चिनु नपर्ने तथा केही रकम पनि हात पर्ने कुरामा चासो दिन मन्त्री कीनन आव्हान गरेका छन्।

"सङ्घीय गठबन्धन सरकार, त्यो रकम हाम्रो खल्तीको सट्टा तपाईँहरू - जो त्यसको सही हकदार हुनुहुन्छ - वहाँहरूको खल्तीमा रहोस् भन्ने कुरा चाहन्छ," उनले भने।

उता लेबरका मानव सेवा प्रवक्ता एड हुसिक भने जनतालाई दोष थुपारेर सङ्घीय सरकारले ठिक काम नगरेको बताउँछन्।

"अस्ट्रेलियन जनतालाई सेवा दिने खालको प्रणाली निर्माण गर्न यो मरिसन सरकार फेरी एक पटक असफल भएको छ। आफ्नो विफलता स्पष्ट देखिएपछि उनीहरू जनतालाई दोष दिने काममा उत्रेका छन्," हुसिकले भने।

औसतन, प्रत्येक व्यक्ति बराबर करिब डेढ सय डलर बक्यौता रहेको बताइएको छ।

तर, थुप्रै पल्ट चिकित्सक कहाँ गईरहनुपर्ने तथा गम्भीर उपचार गराइरहेकाहरूको हकमा भने यो रकम निकै हुनसक्छ।

मेडिकेयर छुट बापतको यो १० करोड डलर भनेको बर्सेनि मेडिकेयरबाट पाइने कुल सुविधाको ०.५ प्रतिशत भन्दा पनि कम रकम हो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now