अमेरिकामा तेल भाउ माइनसमा पुग्यो, तेल किन्नेलाईनै पैसा तिर्न बाध्य भए व्यापारीहरु

संयुक्त राज्यको इतिहासमै पहिलो पटक तेलको भाउ सुन्ना डलर भन्दा तल झर्दा अस्ट्रेलियामा पनि पेट्रोल र डिजेलको भाउ घट्दै गएको छ।

Petrol prices

十月份長假期大家可能要捱貴油。 Source: AAP

कोरोनाभाइरसका कारण लागु भएका यातायात प्रतिबन्धहरुका साथ् भण्डार गर्ने क्षमता भन्दा बढी तेल उपलब्ध रहन थालेपछि अमेरिकी बजारमा तेलको भाउ प्रति ब्यारल माइनस ३७.६३ डलरमा झरेको छ।

मे महिनाका लागि उपलब्ध रहने तेल मात्रा सम्बन्धि रिपोर्टहरु आउन थालेपछि मुनाफाका लागि तेल किनबेच गर्ने व्यापारीहरुले अब आफै तेल भण्डार गर्न बाध्य हुने अवस्था सिर्जना भएको क्लिपर डाटा नामक विश्लेषण संस्थाका म्याट स्मिथको भनाइ छ।

"अहिले कोहि व्यापारी तेल किन्न नचाहने अवस्थामा पुग्दा, व्यापारीहरु तेल किन्न उल्टो मानिसहरुलाई पैसा तिर्नुपर्ने देखिएको छ", उनले भने।

File photo of the Pioneer oil refinery in El Dorado, Kansas, US.
File photo of the Pioneer oil refinery in El Dorado, Kansas, US. Source: AAP

विश्वव्यापी रूपमै कोरोनाभाइरसको सङ्क्रमणलाई फैलन नदिन चालिएका सामाजिक दूरी र यातायात प्रतिबन्धका नियमहरुका साथ् पेट्रोलको माग पनि घटेका छन्।

साथै साउदी अरब र रुस बीच पेट्रोल उत्पादन र भाउ सम्बन्धि देखिएका असहमतिले पनि तेल भाउमा गिरावट ल्याएको हो।

तर गत हप्ता पेट्रोलियम उत्पादन गर्ने राष्ट्रहरुको समूह ओपेकका सदस्यहरु बीच आगामी मे महिना देखि पेट्रोल उत्पादनलाई दैनिक एक करोड ब्यारेलले घटाउने भनि सहमति भएता पनि अमेरिकी सहर ओक्लाहोमा स्थित एक भण्डार केन्द्र, सोमवार बिहान सम्म भरिने अवस्थामा पुगिसकेको थियो।

अस्ट्रेलियामा असर

संयुक्त राज्यमा तेल भाउ सुन्ना डलर भन्दा तल पुगेपछिको असर अस्ट्रेलियाली शेयर बजारमा पनि देखिएको छ।

पुर्व अस्ट्रेलियाली समय अनुसार आज बिहान ११ बजे सम्ममा एएसएक्स २०० मा प्रत्येक १० ओटा मध्ये ७ ओटा स्टक माइनसमा झरेको थियो।

अस्ट्रेलियामा अहिले पेट्रोलको भाउ गए दुई दशककै सबै भन्दा कम रहेको बताइएको छ। तर आगामी दिनहरुमा उक्त भाउ अझै घट्न सक्ने सम्भावना रहेको राष्ट्रिय सवारी चालक संगठन एनआरएमए द्वारा बताइएको छ।

उक्त संस्थाका अनुसार सिड्नीमा पेट्रोलको औसत भाउ १४२ सेन्ट प्रति लिटर देखि ८७ सेन्ट प्रति लिटर सम्म रहेको छ।

त्यस्तै डिजेलको भाउ चाहिं गत हप्ताको तुलनामा ३.१ प्रतिशतले घट्दै औसत १२२.५ सेन्ट प्रति लिटर पुगेको छ।

त्यस्तै भाउ घटेको भिक्टोरियामा औसत पेट्रोल शुल्क प्रति लिटर ११२ सेन्टमा रहेको छ।


2 min read

Published

By SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now