SKIP TO MAIN CONTENT

सिरियामा हमला गर्न टर्कीलाई अनुमति दिने डोनाल्ड ट्रम्पको निर्णयको चौतर्फी आलोचना

ट्रम्पका मुख्य समर्थक लगायतकाले पनि उनको पछिल्लो कदमको आलोचना गरेका छन्।

US President Donald Trump answers a reporter's question as he participates in a briefing with senior military leaders in the Cabinet Room of the White House
US President Donald Trump answers a reporter's question as he participates in a briefing with senior military leaders at the White House Source: AAP

3 min read

Published

By SBS News

Source: SBS News



Skip to article content

उत्तर-पूर्वी सिरियाबाट अमेरिकी सेना हटाउने आफ्नो कदमको राष्ट्रपती डोनाल्ड ट्रम्पले बचाउ गरेका छन्।

अमेरिकी विपक्षी डेमोक्र्याटिक पार्टी लगायत सत्ताधारी रिपब्लिकन पार्टीकै वरिष्ठ नेताहरुले पनि आफ्ना राष्ट्रपतीको आलोचना गरिएको छ।

र सिरियामा आइएस लडाकुहरु विरुद्धको सैन्य कारवाहीमा अमेरिकी सेनालाई सहायोग पुराउने कर्डीश समूहले चाहिं संयुक्त राज्य द्वारा फेरी पनि आफुहरुलाई “धोका दिएको” आरोप लगाएको छ।

तर डोनाल्ड ट्रम्पले चाहिं सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको क्रममा अमेरिकी सेनालाई देश फिर्ता ल्याउने भनि आफुले गरेको बाचा पूरा गर्न आफु प्रतिबद्ध रहेको बताएका छन्।

President Trump addresses troops at the Alaskan air base
President Donald Trump has announced the US-backed SDF has retaken all the territory held by IS. (AAP) Source: AAP

अमेरिकी सेना हट्दै

उत्तरी सिरिया बाट अमेरिकी सेना हट्ने भनि राष्ट्रपती डोनाल्ड ट्रम्पको घोषणाका साथ्, टर्की बाट कर्डीश समूहलाई सुरक्षित राख्न खटाइएका अमेरिकी सैन्य टोलीहरु हट्न सुरु भएको बताइएको छ।

“कहिले अन्त्य नहुने र निरर्थक” लडाई बाट अमेरिका बाहिरिने समय भएको उनले घोषणा गरे।

अमेरिकी राष्ट्रपती र उनका टर्कीश समकक्षी रेसेप तायिप एर्दोगन बिचको कुराकानी पछि आएको भनिएको उक्त घोषणाले राष्ट्रपती विरुद्ध चौतर्फी आलोचना सुरु भएका छन्।

समर्थक बने आलोचक

विपक्षी डेमोक्र्याटिक पार्टीका साथै रिपब्लिकन पार्टीका ट्रम्प समर्थकहरुलाई पनि उनको निर्णयले धेरै अचम्म बनाएको छ।

फक्स न्युजसँग कुरागर्दै, राष्ट्रपतीका महत्वपूर्ण समर्थक मानिएका, रिपब्लिकन सभासद लिन्ड्से ग्राहामले ट्रम्पको उक्त निर्णयलाई “ठुलो विपत्तिको सुरवात” भनि वर्णन गरेका छन्।

“यसले बसर अल असादको सिरियाली सरकारका साथै आइएस र इरानलाई पनि ठुलो जीत प्रदान गर्नेछ”, उनले भने।

“टर्कीले उत्तर-पूर्वी सिरियामा एक कदम पनि राखे, उक्त देश माथि प्रतिबन्ध लगाउन मैले सक्दो कदम चाल्नेछु।”

त्यस्तै अमेरिकी संसदमा राष्ट्रपती डोनाल्ड ट्रम्पका समर्थक रहेका र माथिल्लो सदनका रिपब्लिकन नेता पनि रहेका मिच मककोनेलले चाहिं इरान र असाद शासन लगायत आइएस र अन्य आतंकबादी समूहहरुलाई पनि धेरै फाइदा हुने भनि एक विज्ञप्ति सार्वजनिक गरेका छन्।

A file image of a US armoured vehicle in Syria
A US convoy has been seen leaving Syria as part of a withdrawal called by President Donald Trump. (AAP) Source: AAP

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूतको पदमा डोनाल्ड ट्रम्प द्वारा नियुक्त गरिएकी निकी हेलीले पनि आफ्ना पुर्व हाकिमको आलोचना गरेकी छन्।

सामाजिक संजालमा प्रतिक्रिया दिंदै पुर्व राजदूतले भनिन्, “हामीलाई सहयोग गर्नेहरुलाई जहिले पनि हामीले सुरक्षा प्रदान गर्नुपर्दछ, यदि उनीहरुले पनि हामीलाई सुरक्षा प्रदान गरेको आफुले हेर्न चाहेकाछौं भने।”

“सिरियामा आइसिस् विरुद्धको लडाईमा कर्डीश भूमिका धेरै महत्वपूर्ण रहेको थियो। अब उनीहरुलाई मर्नको लागि छाड्नु ठुलो गल्ती हुनेछ।”

सिरियाका साथै इराकमा पनि आइएस विरुद्ध लड्न अमेरिकी सैनिकहरुलाई सहयोग गर्ने कर्डीश लडाकुहरुले चाहिं वाशिंगटन द्वारा आफ्ना बाचा तोडिएको आरोप लगाएका छन्।

एसडीएफ भनेर पनि चिनिने सिरियाली प्रजातान्त्रिक बल नामक कर्डीश समूहले “आफ्नो भूमि कुनैपनि हालतमा सुरक्षित राख्ने” भनि एक विज्ञप्ति सार्वजनिक गरेका छन्।

साथै वाशिंगटनले “आफ्नो ढाडमा छुरा हानेको” पनि उक्त समूहले आरोप लगाएको छ।

चुनावी बाचा

तर राष्ट्रपती डोनाल्ड ट्रम्पले चाहिं सिरियामा कुनै “अमानविय” कदम नचाल्न आफुले टर्कीका राष्ट्रपतीलाई चेतावनी दिएको बताएका छन्।

व्हाइट हाउसमा पत्रकारहरु समक्ष बोल्दै उनले आफुलाई स्वीकार्य नहुने कदम चालिए टर्कीको अर्थतन्त्र “तहसनहस” हुने प्रतिबन्ध लागु गराउने चेतावनी रेसेप तायिप एर्दोगनलाई दिएको बताए।

विदेशी लडाईमा अमेरिकी सैनिक र पैसा दुवै गुमाई रहेको भन्दै लामो समय देखि अमेरिकी सेनालाई फिर्ता ल्याइनुपर्ने अडान डोनाल्ड ट्रम्पले राख्दै आएका छन्।

“मेरो निर्णयको समर्थन गर्नेहरु धेरै छन्,” उनले भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now