अमेरिकाले पाकिस्तानलाई उक्त लडाकु विमान बेच्दा राखिएका सर्तहरू मध्य एक नियमको उल्लङ्घन गरेको शङ्कामा यस्तो सोधखोज गरेको हो।
अघिल्लो हप्ता निकै तनावका बिच नेपालका छिमेकी राष्ट्रहरू भारत तथा पाकिस्तानद्वारा काश्मिर क्षेत्र अन्तर्गतका एक-अर्काका सिमाना भित्र घुसी हवाई आक्रमण गरेकाहरू सार्वजनिक भएका थिए।
लगत्तै, पाकिस्तानद्वारा एक भारतीय हवाई सैनिकलाई उनी नियन्त्रित लडाकु विमान सहित आफ्नो भूमिमा खसाली बन्दी बनाएपछि यी दुई आणविक शक्तिहरू बिच ठुलै युद्ध हुने डर व्याप्त भएको थियो ।
अघिल्लो हप्ताको अन्त्यतिर आइपुग्दासम्म एसबीएस लगायत विभिन्न सञ्चार माध्यमहरूले पाकिस्तानी सैनिकद्वारा एफ-१६ प्रयोग गरेको हुनसक्ने रिपोर्टहरू प्रकाशित गरेपछि वासिङ्टन पाकिस्तानसँग ससंकित बन्न पुगेको खबर छ।

सङ्घीय पाकिस्तानी सूचना मन्त्री चौधरी फवाद हुसैनद्वारा आफ्नो देशको हवाई सेनाले उक्त अमेरिकी निर्मित लडाकु विमान प्रयोग भएको नकारेको छैनन्।
एसबीएस पन्जाबीसँगको एक टेलिफोन वार्ताका क्रममा उनले भने, “हामीले अमेरिकासँग ती विमानहरू किनेका हौँ, कुनै अनुदानमा पाएका होइनौँ। त्यसैले हामीलाई तिनीहरूलाई कहाँ तैनाथ गर्ने हो, आफैँ निर्धारण गर्छौँ ।”
“एफ-१६ विमान उनीहरूको क्षमता तथा उद्देश्य अनुरूप परिचालन हुन्छन्।”
जमिनमा हुने आतङ्कवादीहरूलाई निसाना बनाउन एफ-१६को जरुरी छैन, त्यसका निम्ति थल सैनिक छन्,” हुसेनले भने ।
उता अमेरिकी दूतावासका प्रवक्ताका अनुसार भने उनीहरू यस विषयको गम्भीरता पूर्वक अद्ध्यन गरिरहेका छन् ।
“हामी हतियार दुरुपयोगका आरोपहरूलाई निकै गम्भीरता पूर्वक लिन्छौँ।”
सन् २००१को सेप्टेम्बर महिनामा अमेरिकी भूमिमा भएको आतंकावादी हमला पछि अमेरिकाद्वारा नेतृत्व गरिएको “आतङ्कवाद विरुद्धको लडाई”मा पाकिस्तान एक महत्त्वपूर्ण सहायकको भूमिकामा उभिएपछि, उसले अमेरिकाबाट प्रशस्तै हातहतियारहरू किनेको थियो।

सन् २०१६ सम्म आइपुग्दा पाकिस्तान तथा अमेरिकी सम्बन्धमा निकै चिसोपना छायो र अमेरिकाले पाकिस्तानलाई हातहतियारहरू किन्न प्रदान गरेको सहायता बन्द गर्यो । यसो हुनु अघिसम्म पाकिस्तानले लक्हीड मार्टिन भन्ने अमेरिकी कम्पनीद्वारा निर्मित उक्त एफ-१६ विमान पटक पटक गरेर सहुलियत दरमा किनेको थियो।
यसरी किनेको विमान प्रयोग गर्ने के-कस्ता सर्तहरू थिए भन्ने बारे अमेरिकाले केही प्रस्ट पारेको छैन ।
