SKIP TO MAIN CONTENT

भिक्टोरियामा तीन वर्ष यताकै सबैभन्दा गर्मी दिन आज

तपाईँले यो समाचार पढ्दासम्म मेलबर्नको तापक्रमले ४० डिग्री सेल्सियस पार गरे कुनै अनौठो हुने छैन। अहिले १२०० बजे यो समाचार तयार पार्दा सम्म पारोले ३७.७ डिग्री देखाइसकेको छ। ४२ डिग्री सेल्सियस पार गरे मेलबर्नमा तीन वर्ष यता कै सबैभन्दा गर्मी दिन आज हुने छ।

Beachgoers are seen during a hot day at St Kilda beach in Melbourne on 27 December 2018.
Beachgoers are seen during a hot day at St Kilda beach in Melbourne on 27 December 2018. Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

दक्षिण पश्चिमी भिक्टोरियाको एउटा सानो भाग बाहेक आज सम्पूर्ण राज्यमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम रहने पूर्वानुमान मौसम विभागले गरेको छ।

अधिक तापक्रमसँगै भिक्टोरियामा आज मेघ गर्जन, उच्च वेगको वायु तथा आगलागीको खतरा पनि रहेको बताइएको छ।

राज्यका उत्तर पश्चिममा रहेको मिल्दुरा, स्वान हिल, इचुका तथा केरंग लगायतका स्थानहरूमा ४६ डिग्री सेल्सियस भन्दा बढी तापक्रम हुने बताइँदै गर्दा मानिसहरूलाई आफू तथा आफ्ना वरपरका अन्य परिवारजन, छर-छिमेकलाई हेर्न अधिकारीहरूले आग्रह गरेका छन्।

Hot, dry weather
Source: AAP

भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकृत ब्रेट सट्टनका अनुसार यस्तो विषम परिस्थितिमा मानिसहरूलाई हृदयघात हुने वा अन्य स्वास्थ्य समस्या देखिन धेरै सजिलो छ।

"हृदयघात तथा अन्य गम्भीर स्वास्थ्य समस्याका कारण एम्बुलेन्स सेवा लिने मानिसहरूको सङ्ख्यामा निकै भारी बढोत्तरी हुने छ।"

अभिभावकहरूलाई पनि आफ्ना स-साना नानीहरूको राम्रो ख्याल राख्न तथा उनीहरूलाई एक्लै आफ्नो सवारी साधनमा छोडेर अन्यत्र नजान अधिकारीहरूले चेतावनी दिएका छन्।

त्यसरी गाडी भित्रै छोडिएका बाल-बालिकाहरू यस्तो गर्मीको समयमा केही मिनेट भित्रै अचेत अवस्थामा पुग्न सक्ने पनि उनीहरूले बताएका छन्।

बिजुली चम्की मेघ गर्जने अनि चट्याङ पर्ने कुराले पनि अधिकारीहरू त्रसित छन्। उनीहरूका अनुसार यस्तो गर्मीमा बिजुली चम्की चट्याङ पर्दा त्यसले आगजनीको खतरा निम्त्याउने छ र आज दिउसो तेज बहने आङ्कलन गरिएको शीतल बतासले त्यसो आगोलाई नियन्त्रण गर्न निकै अप्ठेरो हुने पनि उनीहरूको अनुमान छ.

"यदि आज आगजनीको घटना भयो भने त्यसले निकै भयावह स्थिति उत्पन्न गर्न सक्छ," आपतकालिन प्रबन्धन आयुक्त एन्ड्रु क्रिस्पले भने। https://twitter.com/BOM_Vic/status/1080611495900262400?ref_src=twsrc%5Etfw

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now