SKIP TO MAIN CONTENT

भिक्टोरिया: ग्लेनरोयको खुल्ला क्षेत्र अब स्थायी

भिक्टोरियाको सरकारले नेपालीहरूको निकै जनसङ्ख्या भएको ग्लेनरोयमा ३.२ हेक्टर जमिन मोर्ल्याण्ड सिटी काउन्सिललाई सामुदायिक अथवा सार्वजनिक प्रयोजनका निम्ति मात्र प्रयोग गर्ने सर्तमा बेचेको छ।

2018 Victorian election
Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

भिक्टोरियाको सरकारले आउटलूक ड्राइभमा रहेको उक्त जमिन, आफू मातहतको भिक्टोरियन रेल्वे ट्रयाक प्राधिकरणको अधीनबाट सिटी काउन्सिललाई लामो संवाद पछि हस्तान्तरण गरेको हो।

सरकारी जमिन भएकाले, आवश्यक सबै कानूनी दायित्वहरू पुरा गरेर मात्रै जमिन सिटी काउन्सिललाई बेचिएको हो। जसअन्तर्गत, सिटी काउन्सिलले अब यस जमिनलाई बेच-बिखन गर्न पाउने छैन।

भिक्टोरियन सरकारमा सार्वजनिक यातायात मन्त्री रहेकी जसिण्टा एलनले उक्त जमिन आफ्नो मन्त्रालय मातहतको कुनै विभागलाई आवश्यक नरहेकोले समुदायका निम्ति हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन।

भिक्टोरियामा आगामी महिना हुने राज्य चुनावको चहल-पहल बढ्दै गर्दा, सरकार तथा विपक्षी दलहरूबिच लोकप्रिय हुन तछाड-मछाडको अवस्था छ।

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now