SKIP TO MAIN CONTENT

लगातार २८ दिन नयाँ सङ्क्रमण नभएपछि, भिक्टोरियामा आधिकारिक रूपमा कोभिड–१९ “समाप्त ”

कुनै पनि राज्य वा क्षेत्रमा लगातार २८ दिन सम्म सङ्क्रमित नभेटिए वा सामुदायिक सङ्क्रमण नभए यसलाई "समाप्त" भएको भनि व्याख्या गरिन्छ ।

Victoria has gone 28 straight days without a coronavirus infection.
Victoria has gone 29 straight days without a coronavirus infection. Source: Getty Images AsiaPac

2 min read

Published

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS News


Skip to article content

भिक्टोरियामा लगातार २८ दिन सम्म कोरोनाका कुनै पनि सङ्क्रमित  नभेटिएपछि यसले "समाप्त" को परिभाषा पुरा गरेको छ ।

यो सँगै करिब ८ महिना पछि भिक्टोरिया बासिले पहीलोपटक तास्मेनियाको भ्रमण गर्न पाउने भएका छन् । आज राति १२ बजेर १ मिनेट जाँदा तास्मेनियाले आफ्नो सीमा भिक्टोरिया लागि खोलिदिएको छ । 

तास्मेनियाका प्रिमीयर पिटर गुटविनले “यो महत्त्वपूर्ण उपलब्धि” भएको बताएका छन् ।

“हामी हाम्रा भिक्टोरीयन आगन्तुकहरूलाई स्वागत गर्दछौ र भिक्टोरियामा बस्ने तास्मेनियनहरुलाई घरमा स्वागत गदछौ” उनले भने ।

Tasmanian Premier Peter Gutwein
Tasmanian Premier Peter Gutwein Source: SBS News/Sarah Maunder

हाल तास्मेनियाको सीमा मात्र साउथ अस्ट्रेलियाका लागि बन्द छ । 

प्रिमीयर गुटविनले विदेशमा फसेका अस्ट्रेलियनहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि हुने प्रथम तिन उडान तास्मेनियामा अवतरण गर्ने पनि पुष्टि गरेका छन् । 

भारतबाट हुने उडान होर्वटमा अवतरण गर्ने र विमानमा सवार सबैलाई १४ दिने क्वरीनटीनमा राखिने पनि उनले बताए ।

न्यु साउथ वेल्सले भिक्टोरिया सँगको सीमा खोलिसकेको छ  भने  क्विन्सल्याण्डले आगामी १ तारिखबाट सीमा खोल्ने बताएको छ ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now