न्यून सङ्क्रमणका बिच भिक्टोरियामा आज रातिबाट लकडाउन अन्त्य हुने

पाँच दिने लकडाउनका दौरान न्यून मात्रामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा, आज रातिबाट भिक्टोरियामा लकडाउन हटाइने छ ।

Covid-19 related signage is seen at Federation Square in Melbourne, Saturday, February 13, 2021.

Covid-19 related signage is seen at Federation Square in Melbourne, Saturday, February 13, 2021. Source: AAP

गत शुक्रवार क्वारीटीनटीन होटेल सँग सम्बन्धित कोरोना सङ्क्रमण समुदायमा फैलन नदिनका लागि सर्तकर्ता स्वरूप लिइएको पाँच दिने लकडाउनको कदम आज रातिबाट अन्त्य हुने भएको हो ।

बुधवार राज्यमा शून्य सङ्क्रमण रहँदा लकडाउन भनेकै समयमा अन्त्य गर्न लागिएको बताइएको छ ।

मङलबार राति राज्यका  प्रिमीयर ड्यानिएल एन्ड्रीउजले मन्त्रीहरू सँग छलफल गरी लकडाउन बुधवार मध्यरातमा अन्त्य गर्ने निर्णय गरेको द हेरल्ड सन पत्रिकाले पुष्टि गरेको छ । 

पाँच दिने लकडाउनका क्रममा एक दिनमा तिन सङ्क्रमण भन्दा बढी मामला दर्ता भएका छैनन्  ।

मङलबार राज्यमा दुई कोरोना सङ्क्रमण पुष्टि भएका थिए ।

होटेल होलिडे इन सँग सम्बन्धित कोरोना सङ्क्रमितको सङ्ख्या राज्यमा हाल १९ पुगेको छ । 

लकडाउनका क्रममा राज्यमा कोरोना जचाउनेहरुको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । 

बुधवार मात्र राज्यमा करिब ४० हजार मानिसले कोरोना जाँच गराएका छन् ।

मङलबार पिम्रीयर एन्ड्रीउजले राज्य लकडाउन अन्त्यका लागि तैयार रहेको बताएका थिए  ।

यद्यपि यसको घोषणा भने बुधवार भन्दा अघि गर्न उनले मानेनन् ।

“हाल राज्यमा न्यून सङ्ख्यमा सङ्क्रमित फेला परेका छन्,हामी राम्रो अवस्थामा छौ,तर बुधवार भन्दा अघि यसका बारेमा भन्न असमर्थ छौ ।” उनले मङलबार पत्रकारहरू सँग भने ।

बुधवार राज्य  लकडाउन पूर्वकै अवस्थामा जान्छ वा केही प्रतिबन्ध कायमै रहन्छन् यसका बारेमा भने केही बताइएको छैन ।

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।

 


2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now