भिक्टोरिया: इन्स्टाग्रामबाट पिछा गरेको आरोपमा जेल

तस्बिरहरू राख्ने लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोग गर्दै एक २१ वर्षीया युवतीलाई पछ्याएको आरोपमा मेलबर्नका एक न्यायधिशले ३३ वर्षीय मार्क राइलीलाई १० महिना जेल सजाय सुनाएका छन्।

AAP

Source: AAP

तस्बिरहरू राख्ने लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोग गर्दै एक २१ वर्षीया युवतीलाई पछ्याएको आरोपमा मेलबर्नका एक न्यायधिशले ३३ वर्षीय मार्क राइलीलाई १० महिना जेल सजाय सुनाएका छन्।

राइलीले आफू कार्यरत एक बारमा पहिलो पटक ती युवतीलाई भेटेका थिए। काउन्टी कोर्टका न्यायाधीश फ्रयांक गुच्चिआर्दोले आफ्नो फैसला सुनाउने क्रममा ती दुईले पछि पुन: केही पटक भेटेको र सन्देशहरू पनि आदान-प्रदान गरेको भएता पनि ती युवतीले राइलीले पठाएका अधिकांश सन्देशहरू बेवास्ता गरेकी थिइन् भनेर खुलासा गरे।

"राइलीको कदम क्रुरता र क्षुद्रताको भावले अभिप्रेरित रहेको पाइयो," न्यायाधीश गुच्चिआर्दोले भने।

आफूले बारम्बार पठाएको सन्देशहरू ती युवतीले बेवास्ता गरिरहेपछि राइली एक दिन उनी काम गर्ने ठाउँसम्मै पुगेका थिए। त्यसपछि उनको वक्षस्थलको तस्बिर आफूलाई पठाउन राइलीले ती युवतीलाई भनेका थिए।

त्यस्तै गत साल ६ फेब्रुवरीमा उनले एक इन्स्टाग्राम खाताबाट १२ वटा सन्देशहरू प्राप्त गरिन जसमा उनको पुरा नाम, मेडिकेयर नम्बर, बैङ्क तथा रोजगार सम्बन्धी जानकारी रहेको थियो। साथै, ती सन्देश पठाउने मानिससँग ती युवतीले एकान्तमा एक कम्पन प्रदान गर्ने यन्त्र चलाइरहेको भिडियो रहेको पनि दाबी गरिएको थियो।

Young woman looks at phone
Source: Daria Nepriakhina / Unsplash

त्यसको लगत्तै ती युवतीले त्यस्ता सन्देशहरू पठाउने खाता रोक्का गरेता पनि भोलिपल्ट पुन: एक नयाँ खाताबाट २० वटा सन्देशहरू प्राप्त गरिन् जसमा उनको आमाले उक्त भिडियो देखेमा असहज अवस्था आउन सक्ने र ३,००० डलर देखि ५,००० डलर सम्म त्यो भिडियोको मूल्य ठिकै रहेको बताइएको थियो।

युवती भने आफ्नो घरमा बस्न छाडेर आफ्ना साथीहरू कहाँ बस्न थालेकी थिइन र अन्य सामाजिक सञ्जालहरू मार्फत आफूले चिनजानका मानिसहरूसँग सहयोगको निम्ति अपिल गरेकी थिइन।

न्यायाधीश गुच्चिआर्दोका अनुसार राइलीले आफ्नो सम्बन्धलाई अगि बढाउन असमर्थ भएपछि इन्स्टाग्राममा नक्कली खाता खोली ती युवतीलाई पछ्याउदै गरेको तर ती युवतीलाई भने आफूले त्यस्ता पिछलग्गुहरुलाई खोज्न सहयोग गरिदिने आश्वासन दिने गरेका थिए।

"तपाईँले मद्दतको नाममा ती युवतीको शोषण गर्नुभयो," न्यायाधीश गुच्चिआर्दोले भने।

इन्स्टाग्राम तथा इन्टरनेट प्रोटोकल (आई पी) ठेगाना प्रविधि मार्फत ती सन्देशहरू राइलीले नै पठाएको विवरण पुष्टि भएको थियो।


2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now