SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: अस्ट्रेलियामा ज्यान गुमाउनेको कुल सङ्ख्या ३०० कट्यो

भिक्टोरियामा गएको २४ घण्टा भित्र थप १९ जनाले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनुका साथै अन्य ३२२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

Victorian Premier Daniel Andrews addresses the media during a press conference in Melbourne, Monday, August 10, 2020. Victoria has recorded 322 new cases of coronavirus and 19 deaths. (AAP Image/James Ross) NO ARCHIVING
Victorian Premier Daniel Andrews Source: AAP

3 min read

Published

By Maani Truu



Skip to article content

भिक्टोरियामा एकै दिन झन्डै २० जनाले कोभिड-१९ सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाए पछि देशभर कोरोना सङ्क्रमणद्वारा मृत्यु हुनेको कुल सङ्ख्या ३१४ पुगेको हो।

भिक्टोरियाली अधिकारीहरूद्वारा गरिएको सो घोषणासँगै महामारी सुरु भएयता सोमवार अस्ट्रेलियाका लागि सबैभन्दा घातक दिन सिद्ध भएको छ।

यस अघि आइतबार मात्र पनि अस्ट्रेलियाको दोस्रो ठुलो राज्यमा १७ जनाले कोभिड-१९ का कारण आफ्नो ज्यान गुमाएका थिए।

सोमवार सङ्क्रमण पुष्टि भएका ३२२ जनासँगै भिक्टोरियामा हालसम्म १४,९५७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।

भिक्टोरियाको कुल सङ्क्रमित सङ्ख्यामा नेपालमा जन्मेका लगभग १५० जना पनि परेको बताइएको छ।

साधरणतया राज्यका प्रिमियर ड्यानिएल एन्ड्रुजले आफ्नो दैनिक पत्रकार सम्मेलन मार्फत कोरोना सङ्क्रमित तथा त्यस कारण मृत्यु हुने मानिसको सङ्ख्याको पुष्टि गर्ने गरेका भए पनि सोमवार भने यो क्रमभङ्ग भएको थियो।

सोमवार बिहान ९ बजेर २० मिनेट जाँदा भिक्टोरियाको स्वास्थ्य विभागले एक ट्विट मार्फत पछिल्लो कोरोना सङ्क्रमित तथा त्यस कारण मृत्यु हुने मानिसको सङ्ख्याको सार्वजनिक गर्‍यो।

पछिल्लो २४ घण्टे अवधिमा ज्यान गुमाउने १९ जना मध्ये ५० वर्ष काटेका एक जना पुरुष, ६० वर्ष काटेकी एक जना महिला, ७० वर्ष काटेका दुई वृद्ध, ८० वर्ष काटेका एक वृद्ध र दुई वृद्धा अनि ९० वर्ष माथिका ६ वृद्धा र एक वृद्ध हुन्।

बितेको एक हप्तामा मात्रै भिक्टोरियामा ९३ जनाले कोरोनाभाइरसका कारण आफ्नो ज्यान गुमाइसकेका छन् जुन आँकडासँगै राज्यमा हालसम्म कोभिड-१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या कुल २२८ जना पुगेको छ।

भिक्टोरियामा कोरोना सङ्क्रमणका कारण मर्नेको सङ्ख्या बढेको देखिए पनि सङ्क्रमण दर भने बिस्तारै स्थिर हुन थालेकोमा अधिकारीहरू सन्तोष लिनुपर्ने बताउँछन्।

Deputy Chief Medical Officer Dr Nick Coatsworth speaks to the media during a press conference at the Australian Department of Health in Canberra
Deputy Chief Medical Officer Dr Nick Coatsworth speaks to the media during a press conference at the Australian Department of Health in Canberra Source: AAP Image/Lukas Coch

सोमबार बिहान एबीसी न्युजसँग कुराकानी गर्दै डेपुटी चीफ मेडिकल अफिसर निक कोट्सवर्थले भने कि यो स्पष्ट छ कि लकडाउनले नयाँ सङ्क्रमणमा केही रोक ल्याएको देखिएको छ।

"अब हामीले सङ्क्रमण सङ्ख्या चाडै तल ओर्लेको हेर्न सक्ने छौँ कि भन्ने आस छ," उनले भने।

उता, प्रिमियर एन्ड्रुजले पनि सङ्क्रमण सङ्ख्या स्थिर बनेको देखिए पनि आफूले संङ्क्मित सङ्ख्या ओरालो लागेको हेर्न चाहेको बताए।

COVID-19 Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now