भिक्टोरियामा कोरोनाभाइरसका कारण १७ जनाको मृत्यु, थप ३९४ जनामा सङ्क्रमण पुष्टि

कोरोनाभाइरस महामारी सुरु भएदेखिकै सबै भन्दा घातक चौबीस घण्टा बनेको पछिल्ला मृत्युका साथ् भिक्टोरियामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २१० पुगेको छ।

Victorian Premier Daniel Andrews addresses the media during a press conference in Melbourne.

Victorian Premier Daniel Andrews addresses the media during a press conference in Melbourne. Source: AAP

भिक्टोरियामा कोरोनाभाइरसका कारण १७ जनाको मृत्यु भएको र थप ३९४ जनामा सङ्क्रमण पुष्टि भएको प्रिमियर डानिएल एन्ड्रुजले बताएका छन्।

गत चौबीस घण्टा भित्र ज्यान गुमाउनेहरुमा पचास देखि नब्बे वर्ष उमेर सम्मका मानिस रहेको र ती मध्ये १० जना चाहिं राज्यका वृद्ध स्याहार केन्द्रहरुसंग सम्बन्धित रहेको एन्ड्रुजको भनाइ छ।

आफ्नो दैनिक पत्रकार सम्मेलनको क्रममा बोल्दै उनले ६३४ जनाको भिक्टोरियाली अस्पतालहरुमा कोभिड-१९ को लागि उपचार भैरहेको र ती मध्ये ४३ जना सघन कक्षमा रहेको बताए। साथै २६ जनालाई चाहिं हाल भेन्टिलेटर मार्फत स्वासप्रस्वासमा सहयोग गरिएको पनि उनको भनाइ थियो।

Victoria has recorded 12 new coronavirus cases and two deaths
Coronavirus inspired street art is seen outside of the National Gallery of Victoria in Melbourne, Thursday, August 6, 2020. Source: AAP Image/James Ross

कोभिड-१९ सङ्क्रमितहरुको उपचारमा संलग्न राज्यका ९९४ स्वास्थ्यकर्मीहरु पनि भाइरसबाट सङ्क्रमित भएका छन्।

राज्यमा हाल रहेका २,७५८ कोरोनाभाइरसका केसहरुको श्रोतबारे पुष्टि हुननसकिरहेको बारे प्रिमियर एन्ड्रुजले चिन्ता व्यक्त गरेका छन्।

"ती मानिसहरु कसरी सङ्क्रमित भए? भाइरसलाई फैलन बाट रोक्न त्यस्ता श्रोतहरुबारे जान्न सामना गर्नुपारिएका समस्याका कारण पनि (लकडाउन सम्बन्धि) यस्ता गाह्रो कदम चाल्नुपारिएको हो," उनले भने।

मानसिक स्वास्थ्य सहायताका लागि थप लगानी

कोरोना सङ्कटका माँझ बढ्दो मानसिक स्वास्थ्य चुनौती अन्तर्गत थप ५ करोड ९७ लाख डलर लगानी गरिने घोषणा पनि भिक्टोरिया सरकारले गरेको छ।

राज्यका मानसिक स्वास्थ्य सम्बन्धि मन्त्री मार्टिन फोली भन्छन कि कोरोनाभाइरसका कारण समुदायमा बढेका मानसिक स्वास्थ्य सहायताका मागलाई ध्यानमा राख्दै थप लगानीको निर्णय गरिएको हो।

महामारीको यस समयमा आकस्मिक मानसिक सहायताका लागि राज्यका अस्पतालहरुमा दबाब बढ्न नदिन पनि उक्त कदम जरुरी रहेको मन्त्री फोलीले बताए।

"समग्रमा भन्नुपर्दा मानसिक स्वास्थ्या सहायताका लागि आकस्मिक सेवाको प्रयोग गर्ने मानिसहरुको संख्या पछिल्लो समयमा २३.३ प्रतिशतले बढेको छ," उनले भने।

Minster for Housing, Disability and Ageing Martin Foley (file image)
Victorian Minister Marin Foley Source: AAP

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


2 min read

Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now