SKIP TO MAIN CONTENT

भिक्टोरियामा एकै दिन रेकर्ड ३१७ नयाँ सङ्क्रमण, थप २ को मृत्यु

अस्ट्रेलियाभर कै नयाँ रेकर्डको रूपमा, भिक्टोरियामा एकै दिन ३१७ कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन्।

Victorian Premier Daniel Andrews.
Victorian Premier Daniel Andrews. Source: AAP

3 min read

Published

Updated

By Caroline Riches



Skip to article content

बिहीबार बिहान मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भिक्टोरियाका प्रिमियर ड्यानिएल एन्ड्रुजले उक्त जानकारी दिएका हुन्।

एन्ड्रुजले सो अवसरमा दुई भिक्टोरियालीले कोभिड-१९ का कारण ज्यान गुमाएको पनि बताए।

"यो साधारण हप्ता होइन। किनकि हामी यो समाप्त भएको हेर्न चाहन्छौँ र यदि हामीले यो समाप्त भयो भनेर नाटक गर्‍यौँ भने, हामीले गर्ने सबै कामले भाइरस फैलाउनेछ, जस कारण अस्पतालमा धेरै व्यक्ति देखा पर्नेछन् र र दुःखको कुरा, धेरै मानिसहरू बितेर जानेछन्, यस भाइरसको परिणामको रूपमा," उनले भने।

८० वर्ष काटेका ती ज्येष्ठ नागरिकको मृत्युसँगै भिक्टोरियामा कोरोनाभाइरसका कारण ज्यान जानेको सन्ङख्या २९ पुगेको छ।

प्रिमियर एन्ड्रुजका अनुसार, ३१७ सङ्क्रमण मध्ये २८ जनालाई उक्त भाइरस कहाँबाट सर्‍यो भन्ने पत्ता लागे पनि २८९ जना कसरी सङ्क्रमित भए भनेर अनुसन्धान जारी छ।

बिहीबार बिहानसम्म भिक्टोरियाभर १०९ जना बिरामी राज्यका विभिन्न अस्पतालमा कोभिड-१९ का कारण भर्ती छन् जसमध्ये २९ जनाको सघन उपचार जारी रहेको पनि उक्त उनले बताए।

२८,६०७ जनाको परीक्षण गरिएकोमा ३१७ जना सङ्क्रमित भेटिएको बताउँदै भिक्टोरियाली प्रिमियरले जाँचका लागि अगाडी आएका सबै जनालाई दिएका छन्।

"यो भाइरस बिरुद्दको हाम्रो लडाइँको लागी एक विशाल र शक्तिशाली योगदान हो। यदि तपाईँलाई यो कहाँ छ भन्ने थाहा छैन भने, तपाईँले यसलाई नियन्त्रण गर्न सक्नुहुन्न," उनले भने।

ड्यानिएल एन्ड्रुजले चाै‍थाे चरणको प्रतिबन्धमा जाने बारे हाल कुनै योजना नरहेको स्पष्ट पारे पनि त्यसबारेको सम्भावनालाई भने नकारेनन्।

"अब, मलाई थाहा छ कि यसबारे धेरै छलफल भएको छ, धेरै लेखिएको छ र सम्भावित रूपमा चौथो चरण आउने भनिएको छ। आज त्यसबारे कुनै घोषणा हुने छैन," उनले भने।

"तर त्यसको यो मतलब कदापि होइन की भोलि यसबारे कुनै घोषणा नै हुने छैन। हामी प्रत्येक आकस्मिकताको लागि योजना बनाएका छौँ।"

उता राज्यका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले भने उक्त राज्यमा सङ्क्रमितको सङ्ख्या अझ बढ्ने सङ्केत गरे।

"यो ठुलो सङ्ख्या हो। यसलाई उल्टाउनु पर्छ। केही रूपमा, म आशा गर्दछु कि यो हप्तातिर घट्ने छ तर मैले भनेजस्तै यो कुराको कुनै ग्यारेन्टी छैन। यसलाई उल्टो घुमाउनु हामी सबैको कर्तव्य हुनुपर्दछ।"

Victoria Chief Health Officer Brett Sutton.
Victoria Chief Health Officer Brett Sutton. Source: AAP

यसरी सङ्क्रमण सङ्ख्या वृद्धि हुँदै जाँदा भिक्टोरियामा स्वेछि्क शल्यक्रिया हाललाई स्थगित गरिएको पनि राज्य सरकारले बताएको छ।

Coronavirus Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now