SKIP TO MAIN CONTENT

भिक्टोरियामा कोरोनाभाइरसका कारण थप १६ को मृत्यु, नयाँ सङ्क्रमण दर घट्दा आशाका किरण पलाएको प्रिमियरको भनाइ

पछिल्लो सङ्क्रमण सङ्ख्यालाई हेर्दा कोरोनाभाइरस अन्तर्गतका नियमहरु सफल भएको देखिन थालेको प्रिमियर डानिएल एन्ड्रुजले बताएका छन्।

Victorian Premier Daniel Andrews
Victorian Premier Daniel Andrews. Source: AAP

2 min read

Published

By SBS News

Source: SBS News



Skip to article content

भिक्टोरियामा कोरोनाभाइरसका कारण थप १६ जनाको मृत्यु र २७९ जनामा सङ्क्रमण पुष्टि भएको प्रिमियर डानिएल एन्ड्रुजले बताएका छन्।

गत २४ घण्टा भित्र कोभिड-१९ का कारण ज्यान गुमाउनेहरुमा सत्तरी देखि नब्बे वर्ष उमेरका ७ महिला र ९ पुरुष रहेको र ती मध्ये ११ जना राज्यको वृद्ध स्याहार केन्द्रहरुसंग सम्बन्धित रहेको पनि उनले बताए।

यसका साथ् भिक्टोरियामा कोरोनाभाइरस बाट सङ्क्रमित भएकाहरुको कुल संख्या १६,७६४ पुगेको छ भने हाल सक्रिय रहेको ७,६७१ सङ्क्रमण केस मध्ये १५ प्रतिशत भन्दा बढी चाहिं स्वास्थ्यकर्मीहरु रहेका छन्।

आशाका किरण

आफ्नो दैनिक पत्रकार सम्मेलनको क्रममा बोल्दै प्रिमियर डानिएल एन्ड्रुजले भिक्टोरियामा हाल लागु रहेको संकटकालको घोषणालाई १३ सेप्टेम्बर सम्मको लागि लम्बाइएको पनि घोषणा गरेका छन्।

"गत सात देखि दस दिन सम्मको नयाँ सङ्क्रमण दरलाई हेर्ने हो भने, उक्त समयमा रहेको दैनिक ७०० केस भन्दा बढीको संख्या, अहिले रहेको छैन," उनले भने।

"तर भोलिको अवस्था कस्तो रहने छ? उक्त संख्या हेर्न हामीले भोलि सम्मनै पर्खनुपर्ने हुन्छ।"

तापनि कोरोनाभाइरस सङ्क्रमण फैलन बाट रोक्न चालिएका पछिल्ला कदमहरु सफल भएको हुनसक्ने संकेतहरु आइरहेकाले "आशाका किरण" देखिन थालेको एन्ड्रुजले बताएका छन्।

मेलबर्नमा गत २ अगस्ट देखि लागु गरिएको चौथो चरणको लकडाउन नियम चाहिं छ हप्ता पछि अन्त्य हुने छ कि भन्ने प्रश्नबारे बोल्न चाहिं अहिले चाँडो हुने उनले बताए।

त्यस्तै भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले पनि नयाँ सङ्क्रमण दर स्थिर हुन थालेता पनि, मानिसहरुले लकडाउन नियमहरुको पालना गर्न जरुरी रहेको जोड दिएका छन्।

हाल तेस्रो चरणको लकडाउन नियम रहेको भिक्टोरियाली सहर जीलोंगमा १५८ जनामा हाल कोरोनाभाइरस रहेको छ भने बेन्डीगो र उक्त संख्या ४९ र बालाराटमा २७ सक्रिय कोरोनाभाइरस केस रहेका छन्।

Coronavirus
Victorian Chief Health Officer Brett Sutton. Source: AAP

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now