SKIP TO MAIN CONTENT

भिक्टोरियामा थप ६ जनामा सङ्क्रमण पुष्टि, लकडाउन अर्को एक साता लम्बियो

भिक्टोरियामा कोभिड–१९ का सामुदायिक सङ्क्रमणका केशहरू थपिँदै जाँदा लकडाउन सात दिनले बढाइएको छ ।

Victorian Chief Health Officer Brett Sutton speaks to the media during a press conference in Melbourne on Monday, 31 May, 2021.
Victorian Chief Health Officer Brett Sutton speaks to the media during a press conference in Melbourne on Monday, 31 May, 2021. Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

भिक्टोरियामा आज छ नयाँ सामुदायिक सङ्क्रमित थपिएका छन् ।

यस अघि बिहीबार सम्मको लागी तय भएको “सर्किट ब्रेकर” लकडाउन थप एक हप्ताका लागि लम्बिएको छ।

गएको २४ घण्टामा ५१ हजार मानिसहरूले कोरोना परीक्षण गरेकोमा ती मध्ये ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

उत्तरी मेलर्वनबाट सुरु भएको सक्रमणमा हाल सम्म ६० जना मानिस सङ्क्रमित बनिसकेका छन् ।

राज्यका वरिष्ठ अधिकारी र स्वास्थ्य अधिकारीहरूका बिचमा गए राति लकडाउनको बिस्तारका बारेमा छलफल भएको बताइएको छ ।

लकडाउनको छैठौ दिनमा आइपुग्दा “अनजान व्यक्तिहरू बिच”को सङ्क्रमण बढे पछि यसले अधिकारीहरूलाई थप चिन्तित बनाएको छ ।

भिक्टोरियाका लागि कोभिड–१९ कमान्डर जेरोम विमारले राज्यको नयाँ प्रकोपमा “क्षणिक सम्पर्क”बाट भाइरस सरेका चार/पाँच मानिसहरूको उदाहरण रहेको जानकारी दिएका छन् ।

“उनीहरूले एक अर्काको नाम पनि जान्दैनन्, यो यस अघि देखिएको भन्दा बिलकुलै फरक छ ” उनले भने ।

यस अघि, राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोलेले नयाँ देखिएको भेरीयन्टको बढ्दो संक्रमणदर छिटो प्रसारले बिहीबार भन्दा पछि पनि लकडाउन बिस्तार गर्ने वा नगर्ने भन्ने निर्णयको कारक रहने बताएका थिए ।

“मुख्य स्वास्थ्य अधिकारी र उनको टोलीले होसियार पूर्वक तौलिने प्रमाणहरूमा यो पनि एक हो ” उनले भने ।

मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटन र सार्वजनिक स्वास्थ्य अधिकारीहरू बिच मङलबार बेलुका उच्च स्तरीय छलफल भएको थियो विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए।

एएपीलाई पूर्ण विवरण दिन अस्वीकार गरे पनि बुधवार बिहानै निर्णय आउन सक्ने राज्य सरकारकी प्रवक्ताले पुष्टि गरेकी छन् ।

सङ्क्रमित पुगेका भनिएका ३ सय २० स्थानलाई सङ्क्रमणको जोखिम रहेको स्थानमा राखिएको छ भने सङ्क्रमित निकट आएका ४८ सय जना मध्ये ७५ प्रतिशत मानिसको रिपोट नेगेटिभ आइसकेको छ ।

यसैबिच न्यु साउथ वेल्सको साउथ कोष्टमा त्यति बेला सम्भावित सङ्क्रमित व्यक्तिले गत मे २४ र २५ मा भ्रमण गरेपछि उक्त क्षेत्रका मानिसहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।

जार्भिस बे, गोलर्वन, ह्याम्स बिच र भिन्सेन्टा क्षेत्रमा उक्त व्यक्तिले भ्रमण गरेपछि कोरोना जाँच केन्द्रहरूको वृद्धि गरिएको छ ।

२४ मे मा मेलर्वन फर्किएका उक्त व्यक्तिमा त्यसको भोलिपल्ट केही सामान्य लक्षण देखिएको र ३१ मार्चका दिन उनमा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now