SKIP TO MAIN CONTENT

शुन्य: लगातार तेश्रो दिन भिक्टोरियामा कोभिड-१९ को नयाँ सङ्क्रमण र मृत्यु दर

पछिल्लो नतिजाको मतलब मेलबर्नमा कोरोनाभाइरस सङ्क्रमणको १४ दिने औसत दर १.९ मा झरेको छ।

Welcome back Melbourne
General view of a welcome back sign outside of Myer in Melbourne. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS



Skip to article content

भिक्टोरियामा लगातार तेश्रो दिन पनि कोरोनाभाइरस बाट सङ्क्रमित हुने वा ज्यान गुमाउनेहरुको संख्या शुन्यमा कायम रहेको अधिकारीहरुले बताएका छन्।

राज्यको स्वास्थ्य तथा मानव सेवा बिभाग द्वारा पुष्टि गरिएको उक्त तथ्यांकमा ३० अक्टोबर सम्मको चौद दिन भित्र एक जनामा मात्र कोभिड -१९ सङ्क्रमणको श्रोत पत्ता नलागेको बताइएको छ।

भिक्टोरियामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ८१९ रहेको छ भने देशभर कुल ९०७ जनाको भाइरस बाट मृत्यु भएको छ।

राज्यका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटन ले आगामी हप्ता सम्ममा कोभिड- १९ का सक्रिय केसहरुको संख्या केहि दर्जनमा झर्ने आफ्नो अनुमान रहेको बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर अन्तर्गत गत अगस्ट महिनामा ७ हजार भन्दा बढी भाइरसका सक्रिय केस रहेका थिए। र गए शनिबार र आइतबार पनि नयाँ सङ्क्रमण र मृत्यु दर शुन्यमा रहे पछि अहिले राज्यमा ६१ सक्रिय केस पुगेका छन्।

Victorian Chief Health Officer Brett Sutton
Victorian Chief Health Officer Brett Sutton says the risk of a third wave is "minimal". (AAP) Source: AAP

आइतबार पत्रकारहरु समक्ष बोल्दै सटनले भने, "आगामी प्रत्येक दिन तपाईंले सक्रिय केसहरुको संख्या १० वा त्यसभन्दा बढीको संख्यामा घट्दै जाने छ र यसका कारण सक्रिय केसका संख्या पनि धेरै कम रहने छ।"

साथै कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला नतिजाहरु जारी रहे, केहि उद्योगहरुका लागि लकडाउन अन्तर्गतका प्रतिबन्धहरु थप खुकुलो बनाइन सकिने पनि उनले संकेत दिए।

आगामी आइतबार देखि "फलामको घेरा" नाम दिइएको मेलबर्न र ग्रामिण भिक्टोरिया बीच लागु भएका फरक प्रतिबन्धहरु पनि अन्त्य हुँदै छ।

मेलबर्नवासीहरुले आफ्नो घर बाट २५ किलोमिटर भन्दा टाडा जान नपाउने नियम पनि सोहि दिननै अन्त्य हुने छ। तर प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले ती नियमहरुलाई पुर्व निर्धारित म्याद भन्दा चांडै खुकुलो बनाउने योजना नरहेको जोड दिएका छन्।

"८ नभेम्बरमा कस्तो कदम चालिनेबारे निर्णय यस हप्ताको अवस्था माथि निर्भर रहने छ," उनले भने।

People along Bourke Street Mall outside of Myer in Melbourne, Wednesday, October 28, 2020
People along Bourke Street Mall outside of Myer in Melbourne, Wednesday, October 28, 2020 Source: AAP

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दाअरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now