नयाँ सङ्क्रमण पुष्टि पछि भिक्टोरीयामा कोरोना प्रतिबन्धहरूमा कडाइ

नयाँ नियम अन्तर्गत मास्क संगै घर भित्र र बाहिरका जमघटमा पनि प्रतिबन्ध लागु गरिएको छ

Federation Square

Victoria has received 4,000 places for its skilled nomination visa program. Source: AAP

बुधवार राति राज्यको स्वास्थ्य विभागले एक व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरे पछि जनस्वास्थ्य टोलीले सङ्क्रमणका बारेमा थप अनुसन्धान अघि बढाएको छ ।

उक्त व्यक्तिको नजिकमा रहेका व्यक्तिहरूलाई जानकारी साथै उनीहरू माथि पनि निगरानी राखिएको छ ।

भिक्टोरिया प्रिमीयर ड्यानिएल एन्ड्रीउजले मेलर्वनको दक्षिण पूर्वमा रहेको नोबल पार्कमा अस्ट्रेलियन ओपन अन्तर्गतको होटेल क्वारीनटीनमा बस्ने मानिसहरूलाई सहयोगीको भूमिका निर्वाह गरिरहेका एक व्यक्तिमा कोरोना पुष्टि भएको बताए ।

उक्त व्यक्तिमा सङ्क्रमण सँगै नोबल पार्क,ब्राईटन,स्पीङभेल,की बोरो,ब्रान्डन पार्क र हिथरटनमा उच्च सतर्कतामा राखिएको छ ।

सावधानीका बिच देखिएको नयाँ सङ्क्रमण पछि राज्यमा बुधवार राति १२ बजे देखि कोरोना भाइरसका प्रतिबन्धहरू पुनः लागु भएका छन् ।
Victorian Premier Daniel Andrews.
Victorian Premier Daniel Andrews. Source: AAP
घरायसी जमघटहरू १५ व्यक्तिमा सीमित गरिएको छ भने र भवन भित्रका सार्वजनिक स्थलहरूमा मास्क अनिवार्य गरिएको छ ।
आउँदो सोमबार देखि ७५ प्रतिशत कर्मचारी काममा फर्कने नियम हालका लागि रोकिने भएको छ भने ५० प्रतिशत कर्मचारीको सङ्ख्यामा भने कुनै परिवर्तन नगरिने भएको छ ।

“यो एउटा मात्र सङ्क्रमण हो त्यसैले मानिसहरू आत्तिनु पदैन” प्रिमीयरले भने ।

“हामी यो अबस्थामा  के गर्नु पछ भनेर जानकार छौ,तर हामीले यसलाई गम्भीरताका साथ लिनु पर्छ ।” एन्ड्रीउजले भने ।

उक्त व्यक्तिमा कसरी सङ्क्रमण भयो र भाइरसको कुन रूपको सङ्क्रमण भएको भन्ने बारेमा जानकारी नभएको उनले बताए ।

सङ्क्रमित व्यक्तिलाई हाल हेल्थ होटेलमा सारिएको छ भने उक्त व्यक्तिको निकट आएका व्यक्तिहरूलाई आइसोलेसनमा राखिएको छ ।

सङ्क्रमित व्यक्तिले अन्तिम पटक २९ जनवरीमा होटेल ह्यातमा काम गरेको र उक्त समयमा नकारात्मक रिपोट आए पनि पछि लक्षणहरू देखिएको पुनः जाँच गराउँदा सङ्क्रमण पुष्टि भएको हो ।
भिक्टोरियाका अधिकारीहरूले बुधवार पार्क रोयल होटेलमा क्वारेन्टिनमा रहेका पाहुनाहरू बिचमा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी पाएका थिए ।

होटेलको एकै तलामा रहेका दुई अलग समूह बिच अधिक संक्रमणयुत्त बि ११७ पुष्टि भएको हो ।

होटेलको सिसिटिभी भिडियोमा निमयहरुको पालना नभएको कुनै पनि तथ्य नभेटिएको बताइएको छ ।

 

 

 


Share

Published

Updated

By SBS News
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand