नयाँ सङ्क्रमण पुष्टि पछि भिक्टोरीयामा कोरोना प्रतिबन्धहरूमा कडाइ

नयाँ नियम अन्तर्गत मास्क संगै घर भित्र र बाहिरका जमघटमा पनि प्रतिबन्ध लागु गरिएको छ

Federation Square

Victoria has received 4,000 places for its skilled nomination visa program. Source: AAP

बुधवार राति राज्यको स्वास्थ्य विभागले एक व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरे पछि जनस्वास्थ्य टोलीले सङ्क्रमणका बारेमा थप अनुसन्धान अघि बढाएको छ ।

उक्त व्यक्तिको नजिकमा रहेका व्यक्तिहरूलाई जानकारी साथै उनीहरू माथि पनि निगरानी राखिएको छ ।

भिक्टोरिया प्रिमीयर ड्यानिएल एन्ड्रीउजले मेलर्वनको दक्षिण पूर्वमा रहेको नोबल पार्कमा अस्ट्रेलियन ओपन अन्तर्गतको होटेल क्वारीनटीनमा बस्ने मानिसहरूलाई सहयोगीको भूमिका निर्वाह गरिरहेका एक व्यक्तिमा कोरोना पुष्टि भएको बताए ।

उक्त व्यक्तिमा सङ्क्रमण सँगै नोबल पार्क,ब्राईटन,स्पीङभेल,की बोरो,ब्रान्डन पार्क र हिथरटनमा उच्च सतर्कतामा राखिएको छ ।

सावधानीका बिच देखिएको नयाँ सङ्क्रमण पछि राज्यमा बुधवार राति १२ बजे देखि कोरोना भाइरसका प्रतिबन्धहरू पुनः लागु भएका छन् ।

Victorian Premier Daniel Andrews.
Victorian Premier Daniel Andrews. Source: AAP

घरायसी जमघटहरू १५ व्यक्तिमा सीमित गरिएको छ भने र भवन भित्रका सार्वजनिक स्थलहरूमा मास्क अनिवार्य गरिएको छ ।

आउँदो सोमबार देखि ७५ प्रतिशत कर्मचारी काममा फर्कने नियम हालका लागि रोकिने भएको छ भने ५० प्रतिशत कर्मचारीको सङ्ख्यामा भने कुनै परिवर्तन नगरिने भएको छ ।

“यो एउटा मात्र सङ्क्रमण हो त्यसैले मानिसहरू आत्तिनु पदैन” प्रिमीयरले भने ।

“हामी यो अबस्थामा  के गर्नु पछ भनेर जानकार छौ,तर हामीले यसलाई गम्भीरताका साथ लिनु पर्छ ।” एन्ड्रीउजले भने ।

उक्त व्यक्तिमा कसरी सङ्क्रमण भयो र भाइरसको कुन रूपको सङ्क्रमण भएको भन्ने बारेमा जानकारी नभएको उनले बताए ।

सङ्क्रमित व्यक्तिलाई हाल हेल्थ होटेलमा सारिएको छ भने उक्त व्यक्तिको निकट आएका व्यक्तिहरूलाई आइसोलेसनमा राखिएको छ ।

सङ्क्रमित व्यक्तिले अन्तिम पटक २९ जनवरीमा होटेल ह्यातमा काम गरेको र उक्त समयमा नकारात्मक रिपोट आए पनि पछि लक्षणहरू देखिएको पुनः जाँच गराउँदा सङ्क्रमण पुष्टि भएको हो ।

भिक्टोरियाका अधिकारीहरूले बुधवार पार्क रोयल होटेलमा क्वारेन्टिनमा रहेका पाहुनाहरू बिचमा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी पाएका थिए ।

होटेलको एकै तलामा रहेका दुई अलग समूह बिच अधिक संक्रमणयुत्त बि ११७ पुष्टि भएको हो ।

होटेलको सिसिटिभी भिडियोमा निमयहरुको पालना नभएको कुनै पनि तथ्य नभेटिएको बताइएको छ ।

 

 

 


2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now