SKIP TO MAIN CONTENT

भिक्टोरियामा गर्मीमा पनि चिसो; वेर्स्टन अस्ट्रेलियामा भने तातो दिनको कीर्तिमान

यो अस्ट्रेलियाको मौसम र बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

TRAVEL MOUNT HOTHAM ALPINE RESORT
Supplied image of Hotham Alpine Resort in Victoria at night. (file) Credit: STEVE CUFF/PR IMAGE

3 min read

Published

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

अस्ट्रेलियामा गर्मी मौसम सुरु भए पछि अत्यधिक तातो र चिसो दिनको रेकर्ड कायम भएको छ।

मौसम सम्बन्धी जानकारी राख्ने निजी कम्पनी वेदरजोनका अनुसार गर्मीको सबैभन्दा चिसो दिनका रूपमा भिक्टोरियाले नयाँ रेकर्ड राखेको छ।

उक्त संस्थाका अनुसार माउन्ट होथाममा –५.२ डिग्री सेन्टीग्रेडको नयाँ रेकर्ड कायम भएको छ।

यस अघि गर्मीमा उक्त स्थानको तापमान सन् १९७८ को २० डिसेम्बरमा –५.२ डिग्री मापन गरिएको थियो।

मौसम विज्ञान विभागका अनुसार डिसेम्बरको पहिलो आधा महिना न्यु साउथ वेल्सका मध्य भाग र पूर्वी भिक्टोरियामा चिसोले रेकर्ड राख्ने छ।

“न्यून चापीय प्रणालीका कारण यस हप्ता दक्षिण पूर्वी अस्ट्रेलियामा धेरै जसो क्षेत्रमा जाडो लिएर आउने छ,” ब्युरोको सोमबारको रिर्पोटमा भनिएको छ।

९ डिसेम्बरका दिन पेरीसर भ्यालीमा –७ डिग्री पुगेको थियो।

यसैबिच वेर्स्टन अस्ट्रेलियामा चाहिँ सबैभन्दा तातो दिनको रेकर्ड पनि कायम भएको छ।

आइतबार मनडोरामा तापमान ४८.५ डिग्री सेल्सियस पुगेको छ।

बाढी

मौसम विभागले वकिल जङ्गसन्, बाउन्ड्री बेन्ड, वेन्टवर्थ लगायत इस्टन, मिल्डुरामा ठुलो बाढी जारी नै रहेको जनाएको छ।

वकुल जङ्गसनमा रहेको मर्रे नदिका बहाव अहीले ११.५७ मिटर रहेको छ, तर यो बिस्तारै घट्दै गएको विभागको भनाई छ।

तर डिसेम्बर अन्तिम सम्म पनि १०.५० मिटर हाराहारीमा रहने विभागले जनाएको छ।

बाउन्ड्री बेन्डमा भने यस हप्ताको अन्तिम तिर पानीको बहाव ९ मिटरको हाराहारीमा रहनेछ।

वर्हाम क्षेत्रमा भने यस हप्ताको अन्तिमसम्मै ६ मिटर हाराहारीमा नदीको बहाव रहनेछ।

मौसम विभागले भिक्टोरियाको उत्तर पूर्वी र जिप्सल्यान्डमा बाढी आउने सम्भावना नरहेको बताएको छ।

बुधवार टास्मेनियाको मुरीसेटनको जोर्डन नदीमा बाढीको चेतावनी जारी गरेको छ।

हिट वेभ

बुधवार बिहानै वेर्स्टन अस्ट्रेलियाको बरुप जिल्लामा डँडेलोको चेतावनी जारी भएको छ।

उक्त स्थान वरपरका मानिसहरूलाई आगलागीबाट बच्नका लागि योजना तैयार राख्न पनि चेतावनी जारी भएको छ।

नदर्न अस्ट्रेलियामा हिट वेभमा केही कमी आए पनि हिट वेभ सम्बन्धी चेतावनी भने १६ डिसेम्बरसम्म यथावतै रहने बताइएको छ।

अत्यधिक गर्मी

क्वीन्सल्यान्ड: नदर्न ट्रपिकल कोस्ट र टेबलल्याण्ड डिस्ट्रीक

तीव्र गर्मी

क्वीन्सल्यान्ड: पेनेनसुला,गल्फ कन्ट्री, हर्वट, लोअर बुर्डेकिन डिस्ट्रीक

नदर्न टेरीटरी: टिवी, आर्नेम, कार्पेन्टरीया, ग्रेगरी र बाकर््ली डिस्ट्रीक

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now