SKIP TO MAIN CONTENT

भिक्टोरिया: आक्रामक सवारीसाधन रोक्न तत्काल प्रहरीले गोली चलाउन सक्ने नयाँ नीति

सवारीसाधनलाई हतियार बनाएर सर्वसाधारण माथि आक्रमण गर्नेलाई हुने कारबाही बारे स्पष्ट कार्यदिशा सहितको नीति बनाउने भिक्टोरिया, अस्ट्रेलियाकै पहिलो राज्य भएको छ।

Victoria Police
Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

६ जनाको ज्यान जाने गरी एक चालकले मध्य मेलबर्न सहरमा आफ्नो गाडी कुदाएको करिब तीन वर्ष पछि भिक्टोरिया प्रहरीले त्यस प्रकारका घटना रोक्न परेमा, गाडी चालकको तत्काल मृत्यु हुनसक्ने गरी गोली प्रहार गर्न अधिकार पाएका छन्।

भिक्टोरिया प्रहरीको नयाँ “आक्रामक सवारीसाधन” नीतिमा रहेको उक्त निर्देशन अनुसार कुनै पनि मोटर गाडी मार्फत हुने आक्रमण रोक्न, उसका अधिकृतहरूले हरेक किसिमका रणनीतिक विकल्पहरू प्रयोग गर्न पाउनेछन्।

अपराध ऐन अन्तर्गत रहने यो नीतिका अनुसार, खतरा उत्पन्न गराउन सक्ने सवारीसाधन रोक्न उक्त स्थानमा सबैभन्दा पहिला पुग्ने प्रहरी अधिकृतलाई चाहिने सबै अधिकारहरू प्रदान गरिएको हो।

Emergency services in Bourke St Mall after the horror crash.
Emergency services in Bourke St Mall after the horror crash. Source: AAP

उप-महानिरीक्षक शेन प्याटनका अनुसार सर्वसाधारणको ज्यान जोखिममा पार्ने वा उनीहरूलाई गम्भीर रूपमा चोटपटक लाग्ने गरी कसैले मोटर गाडी चलाए, त्यस्तो कार्यलाई रोक्न प्रहरीले गोली प्रहार गर्न मिल्ने उक्त नीतिमा प्रस्टसँग उल्लेख गरिएको छ।

“यस्ता गतिविधि एकदमै चाँडो नियन्त्रण भन्दा बाहिर जान सक्छ र मानिसहरू हताहत हुने वा नराम्ररी घाइते हुने अवस्था आउन कत्ति पनि बेर लाग्दैन। हामीले यहीँ मेलबर्नमै भोगी सकेका छौँ।”

“भाग्यवश यस्ता आक्रमणहरू सधैँ हुँदैनन् तर हामी सदैव तयारी अवस्थामा रहनु जरुरी छ, यदि भई हालेको खण्डमा,” उनले भने।

“समुदायलाई सुरक्षा प्रत्याभूत गर्नु हाम्रो पहिलो कर्तव्य हो र यो नीति सार्वजनिक गरेर हाम्रा अधिकृतहरूलाई स्थितिको मूल्याङ्कन गर्दै उचित कारबाही गर्न विश्वास गरेका छौँ।”

उनका अनुसार, उक्त नीतिले प्रहरीलाई कुनै नयाँ अधिकार प्रत्यायोजित नगरे तापनि कार्यविधि भने प्रस्ट पारिदिएको हो।

आगामी मध्य डिसेम्बर महिनादेखि भिक्टोरिया प्रहरीका अधिकृतहरूले यस नयाँ नीतिबारे एक अनलाइन र प्रत्यक्ष तालिम लिने अर्को सालको जुलाईसम्ममा पुरा गरिसक्ने पनि बताइएको छ।

जनवरी २०१७ मा ६ जनाको ज्यान जाने गरी भएको उक्त घटना पछि मेलबर्नमा थप दुई अन्य त्यस्ता घटनाहरू भैसकेका छन्।

The incident at Bourke Street Mall.
The incident at Bourke Street Mall. Source: Twitter

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now