भिक्टोरियाली कार्यस्थलहरु ७५ प्रतिशत कर्मचारी संख्यामा आगामी हप्ता देखि फर्कने

भिक्टोरियामा रहेका कार्यस्थलहरुले ७५ प्रतिशतको संख्यामा आफ्ना कर्मचारीहरुलाई फिर्ता बोलाउनसक्ने भएका छन्।

Victorian Premier Daniel Andrews

Victorian Premier Daniel Andrews Source: AAP

राज्यमा लगातार सत्ताइसौं दिन कोभिड-१९ को एउटा पनि सामुदायिक सङ्क्रमण पुष्टि नहुँदा प्रिमियर डानिएल एन्ड्रुजले कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरुलाई थप खुकुलो बनाउने घोषणा गरेका हुन्।

होटेल क्वारेन्टिनमा रहेका एक जनामा चाहिं भाइरस रहेको पुष्टि भएको छ।

यसैक्रममा आगामी सोमबार, आठ फेब्रुवरी देखि, सरकारी र निजि कार्यस्थल र व्यवसायहरुले आफ्ना कार्यालयमा काम गर्ने मानिसहरुको संख्या बढाउन सुरक्षित रहेकोबारे जनस्वास्थ्य अधिकारीहरु विश्वश्त रहेको एन्ड्रुजले बताए।

"कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर पछि पनि लगातार झन्डै अट्ठाइस दिन सम्म एउटा पनि सामुदायिक सङ्क्रमण नभेटिएको अवस्था विश्वमा कहींपनि रहेको छैन, र यसबारे सबै भिक्टोरियालीहरुले गौरव गर्नसक्नेछन्।"

हाल, निजि व्यवसायहरुले कार्यस्थलमा ५० प्रतिशत क्षमतामा कर्मचारीहरुलाई बोलाउन सक्दछन्, र सरकारी कार्यालयहरुमा उक्त संख्या २५ प्रतिशतमा रहेको छ।

तर प्रिमियर एन्ड्रुजले सबै कार्यस्थलहरुले अनुमति प्राप्त संख्यामा आफ्ना कर्मचारीहरुलाई कार्यालय बाटै काम गर्न लगाउने अवस्था नरहने सक्ने कुरा आफुले बुझेको पनि जोड दिए।

"यसको मतलब कार्यालय फर्कने मानिसहरुले कफी किन्नेछन्, थप मानिसहरुले स्थानीय रेस्टुरेन्ट र बारहरुको प्रयोग गर्ने छन्, आफ्नो खाना किन्ने छन्। यी सबैले रोजगारमा सहयोग गर्ने छ", उनले भने।

राज्यमा कोरोनाभाइरस अन्तर्गतका जन स्वास्थ्य नियमहरु लागु गराउन सरकारलाई सहयोग गर्ने लक्षका साथ् राज्यमा हाल लागु रहेको संकटकालको घोषणालाई डिसेम्बर १५ सम्म थप गर्ने सरकारी योजनाबारे पनि भिक्टोरियाली प्रिमियरले बताए।

प्रत्येक महिना बढाउन सकिने उक्त प्रस्तावलाई राज्य संसदमा यो हप्ता पेश गरिने एन्ड्रुजको भनाइ छ।

"संकटकालको आधिकारिक घोषणा बिना प्रमुख स्वास्थ्य अधिकारीले मानिसहरुलाई होटेलमा आइसोलेशनमा बस्न निर्देशन दिन सक्दैनन्", उनले भने।

"१४ दिन सम्म आइसोलेशनमा बस्ने, केहि परिस्थितिमा मास्क लगाउने, यस्ता सामान्य कुराहरु लागु गराउन पनि उत्क कानूनको आवश्यकता रहेको छ।"

अस्ट्रेलियामा कोरोनाभाइरसबारे पछिल्ला समाचारहरुका लागि तलको लिंकमा हेर्नुहोस्।


2 min read

Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now