SKIP TO MAIN CONTENT

तपाईंलाई क्यान्डी क्रश खेल्ने लत छ?

धेरै मानिसहरुका लागि फोर्टनाइट र क्यान्डी क्रश जस्ता भिडियो गेमहरु आफुलाई तनावबाट मुक्त गर्ने, मनोरंजन लिने वा नयाँ साथीहरु बनाउने साधन भएका छन्।

Candy Crush. (AAP)
Candy Crush. (AAP) Source: AAP

2 min read

Published

Updated

By Rebecca Baillie



Skip to article content

 केही मानिसहरु त पेशेवर रुपमै भिडियो गेमहरु खेल्ने र आफ्नो जीविकोपार्जन गर्ने गर्दछन्। तर हाम्रो समाजको एउटा सानो जमातलाई भने भिडियो गेमको लत बिकराल समस्याको रुपमा खडा भएको छ।अस्ट्रेलियामा करिब ६७ प्रतिशत मानिसहरुले भिडियो गेमको मजा लिने गर्दछन् भने बाल-बालिका भएका करिब ९७ प्रतिशत परिवारहरुले आफ्नो घरमा भिडियो गेम खेलिने बताएका छन्।

यसै सन्दर्भमा, यो हफ्ताको इनसाइट कार्यक्रमले कति भिडियो गेम खेल्नु अति हो भन्ने प्रश्नको जवाफ खोज्ने प्रयत्न गरेको छ।

लौरी डार्बी ६५ बसन्त पार गरिसकेकी हजुरआमा हुन्। अस्ट्रेलियामा उनकै उमेरका हाराहारीमा रहेका मानिसहरु सबैभन्दा तेज रफ्तारमा भिडियो गेम तर्फ आकर्षित भैरहेका छन्। अवकाश प्राप्त एक्लो जीवन बिताउँदै गरेकी डार्बीले, आफ्ना परिवारका अन्य सदस्यहरु तथा साथीहरुसंग जोडिने उपायका रुपमा मोबाइलमा उपलब्ध रहेका शब्दखेलहरु आफुले खेल्ने गरेको इनसाइट कार्यक्रम संचालिका जेन्नी ब्रोकीलाई बताएकी छिन्।उता, भर्खरै ११ बर्ष पुगेका जियन फोर्टनाइट भन्ने खेलको नाम सुन्ने बित्तिकै दङ्ग परिहाल्छन्। जियनकी आमा भने आफ्नो छोरालाई भिडियो गेम कुन बेला खेल्न दिने भनेर समय छुट्टयाउने कार्य आफ्नो लागि निकै चुनौती

पूर्ण हुने बताउँछिन्।

"पहिले त उसले आफ्नो पुर्व निर्धारित कामहरु सक्नुपर्यो - जस्तो कि आफ्नो गृहकार्य समयमा नै सक्नु पर्यो, कुकुर घुमाउनु पर्यो र कुकुरले फोहोर गरेको छ भने त्यो पनि त सफा गर्नुपर्यो नि!"

अनि, अर्को तर्फ ताई अलुनी तथा म्याडेलिन वाल्स्टरको जोडीलाई भने भिडियो गेमहरु आफ्नो जीवनमा बेकारको तनाव सिर्जना गर्ने कुरो भएको छ। म्याडेलिनका अनुसार ताईलाई त्यत्तिकै छाडिदिएको खण्डमा उनी सबैकुरा नै भुलेर भिडियो गेममा नै आफ्नो सम्पूर्ण ध्यान दिन्छन्।

"उसलाई त मसंगै छु भन्ने आभाससम्म हुँदैन र यसले हाम्रो परिवारमा निकै असर पुर्याईरहेको छ।"

ताई भन्छन्, "म शायद ४ घण्टा जस्तो मात्र सुत्दथे अनि मेरो धेरै नै समय भिडियो गेममै बित्दथ्यो।

विश्व स्वास्थ्य संगठनले पनि भिडियो गेमको लतलाई दुर्व्यसनको रुपमा पहिचान गरेर आफ्नो पछिल्लो अन्तर्राष्ट्रिय रोगहरुको सुचिमा राखेको छ।

इनसाइटको यो नयाँ भागमा भिडियो गेमको लतबारे थप जानकारी पाउन सकिने छ।

"गेम अन" नाम दिइएको यो भाग मंगलबार (७ अगस्त) राति ८:३० बजे एसबीएस टेलिभिजनमा हेर्न सकिने छ। आफ्नो टिभीमा हेर्न छुटाउनु भएको खण्डमा यहिँ तल पनि उक्त कार्यक्रम उपलब्ध रहने छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now