SKIP TO MAIN CONTENT

आफूसँगै मासु ल्याउँदा भिसा चट, देश फिर्ता

गत शनिवार सिड्नी विमानस्थलमा एक महिला यात्रुको साथमा मासु लगायत अन्य खाद्यान्न बरामद गरिए पछि उक्त महिलाको भिसा रद्द गर्दै आफ्नो देश फिर्ता पठाइएको छ।

Australia has deported a woman for trying to smuggle 4.6 kg of raw pork into Sydney airport
Australia has deported a woman for trying to smuggle 4.6 kg of raw pork into Sydney airport Source: Australian Government Department of Agriculture

2 min read

Published

Updated



Skip to article content

सिड्नीमा बस्दै आएकी एक ४५ बर्सिया भियतनामी महिलालाई १० किलो स्क्विड, बट्ट्याईं र ४.६ किलो सुँगुरको मासु अनि केही अण्डा “बिना घोषणा”, अस्ट्रेलिया लिएर आएको भन्दै उनको भिसा रद्द गरिएको सङ्घीय कृषि मन्त्री ब्रिजेट मकेञ्जीले खुलासा गरेकी छिन्।

“यदि तपाईँ अफ्रिकी स्वाइन फिभर फैलिएको भनेर पहिचान गरिएको राष्ट्रबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने, हामी तपाईँलाई सतर्कता पूर्वक निगरानी गरिरहेका छौँ,” उनले क्यानबेरामा मङ्गलवार पत्रकारहरूको अगाडी बोल्ने क्रममा भनिन्।

उनको अनुसार, सुँगुर प्रजातिका पशुलाई सङ्क्रमित गर्ने उक्त रोग अस्ट्रेलियामा हालसम्म नदेखिएको र भविष्यमा पनि यहाँ आउन नदिन आफूहरू दत्तचित्त भएर लागेको बताइन।

अफ्रिकी स्वाइन फिभर मानिसहरूमा नसर्ने बताइएको छ। हालसम्म संसारभरका एक चौथाइ सुँगुरहरू उक्त बिना उपचारको रोगका कारण सिद्दिसकेको पनि जनाइएको छ।

The Darling Jerky Co. jerky
Source: Supplied

“आफूलाई मिठो लाग्ने परिकार र मासुका खाद्यान्न ल्याई दिन नभन्नु होस्, आफ्नी आमालाई तातो-मिठो खानेकुरा बनाएर ल्याइदिन नभन्नु होस्। कृषि क्षेत्रलाई लिएर हामी कुनै पनि खतरा मोल्न सक्ने स्थितिमा छैनौँ त्यसैले नियम भङ्ग गर्नुभयो भने तपाईँ माथि हाम्रो जैविक सुरक्षा सम्बन्धी कानुन लाग्छ,” सेनेटर मकेञ्जीले चेतावनी दिँदै अगाडी भनिन्।

अस्ट्रेलियाको उत्तरी छिमेकी पूर्वी टिमोरमा देखा परेको उक्त रोगलाई यहाँ आउन नदिन त्यहाँको राजधानी डिली भएर डार्विन आउने विमानमा सवार मानिस र कार्गो जाँचमा कडा गरिएको छ।

जैविक सुरक्षाको तालिम पाएको र सुकी नाम गरेको एक कुकुरले उक्त पकाएको सुँगुरको मासु ल्याउने ती महिलालाई पहिचान गरेको भन्दै मन्त्री मकेञ्जीले सुकीलाई धन्यवाद दिइन ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now