SKIP TO MAIN CONTENT

भिसाका नियममा हुने लगातार परिवर्तनले धेरै प्रभावित

Immigration Changes in Australia for 2020
Source: SBS

2 min read

Published

Updated

By Rosemary Bolger

Presented by SBS Nepali

Source: SBS



Skip to article content

यो बर्ष अस्ट्रेलियाको भिसा प्रणालीमा निकै नै बदलावहरु आएको छ, र आउदो बर्ष सन् २०२० मा पनि यस क्षेत्रमा निकै परिवर्तन हुने पक्कैनै छ।

पढाई शुरु गर्नु अघिको यहाँको स्थायी बासिन्दा हुनको लागि नियम र पढाई सकेपछि  लागू भैसकेको त्यहि सम्बन्धि नियममा धेरै परिवर्तन आईसकेकाले  ठूला संख्यामा रहेको अन्तराष्ट्रिय विधार्थिहरु हाल अन्यौलमा रहेका छन्। 

एक अध्यागमन एजेन्ट बेन वाटका अनुसार सदा परिवर्तन हुने नियमका कारण धेरैले बनाएको पूर्व योजनाको उपादेयता सकिने र यसले उनीहरुलाई निराश बनाउने बताउछन्।

गत नोभेम्बरमा मात्र अस्ट्रिलियाको संघिय सरकारले रिजनल भिसामा परिबर्तन ल्याएको थियो। यस नयाँ व्यवस्था अनुसार सिड्नी, मेलबर्न र ब्रिसबेनबाहेकका क्षेत्रमा तिन बर्ष बस्नेले स्थायी बासिन्दाको आवेदन हाल्न पाउने छन्।

Tertiary students at the University of Melbourne in Melbourne, Wednesday, May 8, 2012. (AAP Image/Julian Smith) NO ARCHIVING
International students graduating from Melbourne and Sydney universities face very different visa rules than when they began their degree. Source: AAP

केन्द्रिय सरकारले नियम अघि सारे पनि यसलाई लागू गर्ने जिम्मा भने सम्बन्धित राज्यहरुमै रहने छ। 

अर्का एक अध्यागमन एजेन्ट कर्क यानका अस्ट्रेलियाका विभिन्न राज्यहरुको आफ्नै निर्देशिकाहरु रहेकाले- संघिय सरकारले तोकेको संख्याभन्दा कम अन्तराष्ट्रिय विधार्थिहरु स्थायी बासिन्दाहरुको रुपमा यहाँ बस्न पाउने बताउँछन्। 

यानका अनुसार, मेलबर्न र सिड्नी जस्ता शहरहरुमा पढेका विधार्थिहरुले त “लोयल्टि टेस्ट” पनि पास गर्न सक्दैन, जसका कारणले उनीहरुको स्थायी बासिन्दा बन्ने बाटो झनै कठिन हुन जान्छ। 

तास्मानिया राज्यले पहिलो चोटि यससम्बन्धमा ढोका खोलेको थियो। तर बिधार्थिहरुको चाप त्यसलगत्तै बढ्न थाले पछि, तास्मानियाले पनि नयाँ नियमहरु अगाडि सारेको थियो। 

अध्यागमन एजेन्ट वाटका अनुसार, नयाँ नियम ल्याएको कुरामा उनको विरोध छैन। “तर जुन तरिकाले अन्तिम समयमा आएर जथाभावी नियम ल्याईन्छ, यसले चाहि धेरैलाई असर गर्दछ,” उनले भने।

त्यस्तै एजेन्ट यानका अनुसार लगातार परिवर्तन हुने नियमका कारण ठूला शहरहरुमा अस्थायी बासिन्दाका रुपमा पढाई सकेका धेरै विधार्थिहरु हाल रहेका छन्। “यसले उनीहरुको यहाँ हुने सक्ने भविष्यको सुनिश्चिततामा प्रश्न उठाईदिएको छ,” उनले भने।

यानका अनुसार यस किसिमको लागातार हुने नियम फेरबदलीका कारण अस्ट्रेलिया आउनु अघि धेरै विधार्थिहरु अब देखि निकै पल्ट सोच्ने छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now