SKIP TO MAIN CONTENT

एक वर्ष मै ५०,००० भन्दा बढी नेपाली विद्यार्थीहरू अस्ट्रेलिया भित्रिए

सन् २०१९ मा मात्रै ५३,००० नेपालीहरू विद्यार्थीको रूपमा अस्ट्रेलिया भित्रिएको बताइएको छ।

Australian universities
Source: Flickr

1 min read

Published

Updated


Skip to article content

सोमबार सिड्नीमा आयोजना भएको भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रममा बोल्दै एक सरकारीले अधिकारीले भारत र चीन पछि नेपाली विद्यार्थीहरूको सङ्ख्या तेस्रो स्थानमा रहेको बताएका हुन्।

यसै गरी, नेपाल र अस्ट्रेलियाबिच पर्यटकहरूको सङ्ख्यामा पनि बढोत्तरी भएको परराष्ट्र तथा व्यापार विभागका सहायक प्रमुख पल वोचिस्कीले जानकारी दिए।

“गत वर्ष अस्ट्रेलिया आउने नेपाली पर्यटकहरूको सङ्ख्या ३५,६०० थियो भने यताबाट नेपाल जानेहरूको सङ्ख्या ३७,४०० रहेको थियो,” उनले भने।

सिड्नी स्थित न्यु साउथ वेल्स राज्यको संसद्को भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका पर्यटन मन्त्री योगेश भट्टराई पनि उपस्थित थिए।

Nepal's minister Yogesh Bhattarai
Nepal's tourism minister Yogesh Bhattarai Source: Facebook

उनले नेपाल र अस्ट्रेलियाबिचको प्रगाढ सम्बन्धको चर्चा गर्दै अहिले यहाँ भइरहेको डढेलो प्रकोपप्रति चिन्ता व्यक्त गरे।

साथै, मन्त्री भट्टराईले यो वर्ष विदेशी पाहुनाहरूलाई स्वागत गर्न नेपाल आतुर रहेको बताए।

नेपाल र अस्ट्रेलियाबिच दुई-पक्षीय सम्बन्ध स्थापन भएको ६० वर्ष भएकोमा पनि दुवै देशका सरकारी अधिकारीहरूले चर्चा गरे।

कार्यक्रममा नेपालका विभिन्न भागमा लगाइने सांस्कृतिक पोसाकहरू स-साना नानीहरूले लगाई प्रदर्शन गरेका थिए।

अस्ट्रेलिया रहेको नेपाली समुदायले डढेलोको पीडित समुदायलाई गर्दै आएको सहयोगको पनि कार्यक्रममा प्रशंसा भएको थियो।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now