SKIP TO MAIN CONTENT

युक्रेनको डनबस क्षेत्रमा "सैन्य कारबाही" सुरु भएको भ्लादिमिर पुटिनको उद्घोष

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनद्वारा प्रसारित सम्बोधनमा युक्रेनमा सैन्य कारबाही सुरु भएको उद्घोष गरेका छन्।

Valdimir Putin attending G20 summit
Source: AAP

1 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS


Skip to article content

युक्रेनमा सैन्य कारबाहीको थालनी गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनबाट गरेको सम्बोधनका क्रममा बताएका छन्। 

मस्कोबाट बोल्दै उनले भने, "मैले सैन्य कारबाही गर्ने निर्णय लिएको छु।" साथै यसको बिचमा अड्चन बन्न आउनेको प्रतिकार गर्ने समेत उनले बताएका छन्। 

रुसी सरकारको कार्यकारी शाखा क्रेम्लिनले पूर्वी युक्रेनमा रहेका विरोधी नेताहरूले किभको विरुद्ध मस्कोले सैन्य सहयोग गर्नु पर्ने बताए पछि राष्ट्रपति पुटिनको सो घोषणा आएको हो। 

 

उनले भने, "कसले रोक्ने (युद्धलाई)? मानिसले। यी मान्छेहरू तपाइहरू बिचकै हुन्, म निश्चित छु।"

 

उनले आफ्नो सम्बोधनको क्रममा पूर्वी उत्तरमा रहेको सो क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूलाई आफ्नो हतियार जिम्मा लगाएर घर फर्कन आग्रह गरेका छन्।

 

यस अघि, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले राष्ट्रपति पुटिनलाई सैन्य गतिविधि निर्देशनलाई रोक्न याचना गरेपछि उक्त घोषणा गरिएको हो। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now