SKIP TO MAIN CONTENT

"हामीले आफ्नै कथाहरू भन्नुपर्छ, विदेशी होइन" - सुलक्षण भारती

नाटक लेखन, निर्देशन र अभिनय गर्ने नेपाली रंगकर्मी सुलक्षण भारती, 'पुरानो घर’ नामक थिएटर सञ्चालनमा ल्याउन लागि परेका छन् । उनका 'बिलगेट्स पण्डित’, 'मिल्क टी’, 'बोक्सीको घर’ र 'सलेदो’ लगायत नाटकले नेपाली रंगमञ्चमा चर्चा पाउन सफल भएका थिए । उनले आफ्नो रंगमञ्च यात्राबारे एसबिएस नेपालीसँग गरेको कुराकानी

Sulakchyan Bharati
theatre artist Source: Supplied

2 min read

Published

By Smriti Dhungana



Skip to article content

१. 'पुरानो घर’ नामक नयाँ थिएटर सञ्चालन गर्न लागि पनुभएको छ । कहिलेबाट आउँदैछ पुरानो घर ?

अहिलेसम्मको काम र तयारीलाई हेर्ने हो भने, बैशाखबाट सञ्चालन गर्न जुटेका छौं । ठ्याक्कै मिति तोक्न भने सकेका छैनौं ।

२.राजधानीमा संञ्चालनमा आएर राम्रो आम्दानी गर्ने थिएटरहरु धमाधम बन्द भइरहेको छ । यो स्थितिमा तपाईहरुको थिएटर आउनुको विशेष कारण छन् कि ?

थिएटर खुल्नु भएको चुनौतीपूर्ण कुरा हो । राम्रो चलेका थिएटरहरु धमाधम बन्दपनि भइरहेका छन् । हामीले आफ्नै जग्गामा थिएटर खोल्दा राम्रो हुन्छजस्तो लागेर काम गरिरहेका छौं ।

३. 'पुराना घर’ले कस्ता खालका नाटकहरु तयार गर्नेछन् ?

नाटक समयअनुसार निर्माण हुने गर्छन् । त्यसैले तत्काल यस्तै खालको नाटक गर्ने भनेर केन्द्रित हुन पाइसकेको भने छैन् ।

४. अधिकांश नेपाली दर्शकहरुले कस्तो नाटकहरु हेर्ने रहेछन् भन्नेबारे केही अध्ययन गर्नु भएको छ ?

नाटक हेर्न आउने अधिकाश दर्शकहरुले नेपाली कथालाई प्राथमिकता दिने गरेको पाएको छु । हामी रंगकर्मीहरु विदेशी नाटकहरु अनुवाद गरेर मञ्चन गर्न व्यस्त छौं । हामीले हाम्रो कथा देखाउन सक्नुपर्छ ।

५.रंगमञ्चमा लागेर बाँच्न ग्राहो छ भनिन्छ ।किन ?

जिन्दगी बाच्न तरिका आ–आफ्नै हुन्छ । नेपाली रंगमञ्चमा लागेर साधारण जिन्दगी बिताउन ग्राहो भने छैन । मेहेनत गर्ने रंगकर्मीहरुलाई एकछिन फुर्सद छैन् । 

६.नेपाली रंगमञ्चको बजारबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

गुरुकुलको अभाव सबैले महशुस गरेका छन् । देशभरका विभिन्न क्षेत्रमा धमाधम रंगमञ्चहरु स्थापना भइरहेका छन् । बजार राम्रै भएर धमाधम थिएटरहरु स्थापना भइरहेका होलान् ।

७. आफैले तयार गरेको मध्ये मनपर्ने नाटकचाँहि कुन हो ?

मैले लेखेका र निर्देशन गरेका नाटक मध्ये 'मिल्क टी’को सबै कुरा मनपर्छ । यसमा एउटा साहसी महिलाको कथा समावेश गरेका थियौं ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now