SKIP TO MAIN CONTENT

हामी राष्ट्रिय गौरवका लागि खेल्छौँ: मेलबर्न रेनेगेड्स क्रिकेट प्रतियोगितामा टिम नेपाली

अस्ट्रेलियामा रहेका नेपाली क्रिकेट खेलाडीहरूले मेलबर्न रेनेगेड्स च्याम्पियन्स लीग २०-२० क्रिकेटमा टिम नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। प्रतियोगितामा अस्ट्रेलियाको आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर्स सहित ७ वटा टिमहरूको प्रतिनिधित्व रहने छ।

Sunam Gautam Captain of Nepali team in Melbourne Renegades Champions League
Sunam Gautam Source: Facebook

2 min read

Published

Updated

By Sunita Pokharel



Skip to article content

भिक्टोरिया राज्यमा रहेको सांस्कृतिक विविधतामा एकता देखाउने उद्देश्यका साथ आइतबार देखि सुरु हुने खेलमा नेपाल सहित बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, भारत तथा श्रीलङ्का लगायतका टिमहरू रहेका छन्।

तर अस्ट्रेलियाको आदिवासी टिमले भने पहिलो पटक यो प्रतियोगितामा भाग लिइरहेको छ।

स्थानीय क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन पनि मिल्ने र अस्ट्रेलियामा रहेर आफ्नो मातृभूमिको प्रतिनिधित्व गर्न पाउनु नै सबैभन्दा ठुलो कुरा भएको नेपाली टिमका कप्तान सुनम गौतमले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताए।

"यो एउटा अवसर हो अस्ट्रेलियामा बसेर नेपालको प्रतिनिधित्व गर्न पाउनु तर यस सँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले यति राम्रो गरिरहेको समयमा उनीहरूको प्रतिष्ठा राख्न पनि हामीले राम्रो खेल्नु पर्ने चुनौती रहेको छ।"

१८ जना स्थानीय क्रिकेट खेलाडीहरूलाई समेटेर तयार भएको नेपाली टोलीले प्रतियोगिताको पहिलो दिनको पहिलो खेल बिहान ९ बजे अस्ट्रेलियाको आदिवासी टिमका विरुद्ध खेल्ने तालिका रहेको छ।

सोही समयमा बङ्गलादेश ले भारतको सामना गर्ने छ भने, पाकिस्तान र श्री लंकाले एक अर्का विरुद्ध खेल्ने छन्।

पार्कभिलको र्यान्सफोर्ड ओभलमा हुने प्रतियोगिताका विजेताले लिग स्तरिय अन्य खेलमा सहभागिता जनाउन पाउने छन्।

तर गौतम आफ्नो राम्रो प्रदर्शन देखाएर अन्य विभिन्न अवसरहरूको ढोका खोल्ने एउटा फाइदा भए पनि विशेष गरी नेपाललाई प्रतिनिधित्व गरेर अन्य राष्ट्रका खेलाडीहरू विरुद्ध मैदानमा उत्रनुलाई गर्वको अनुभूति सँग जोडेर हेर्छन्।

Melbourne Renegades Champions League Twenty20 cricket tournament
Source: Melbourne Renegades

स्थानीय स्तरमा भएका विभिन्न क्रिकेट प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गरेको आधारमा खेलाडीहरू छानिएको र केहीलाई खेल देखाउने समय नमिलेका कारण आफ्नै सिफारिसमा पनि टिममा पारिएको कप्तान गौतम बताउँछन्।

यसरी भिन्न भिन्न समूहबाट र व्यक्तिगत रूपमा मात्र पनि खेल्ने खेलाडीहरूलाई एउटा टिममा समाहित गरेर लानु र उनीहरूलाई कप्तानी गर्नु कठिन भएको स्विकारेका छन्। 

उनी भन्छन्, "कतिपयलाई मैले चिनेको पनि हुँदिन र कतिपयको खेल पनि हरेको हुँदिन यस्तो अवस्थामा उनीहरूलाई नेतृत्व दिन सजिलो चाहिँ पक्कै छैन।"

शनिवार दिनभर अभ्यास खेलमा जुटेका नेपाली टोलीहरूको समर्थनमा जति धेरै नेपालीहरू खेल हेर्न आउँछन् आफूहरूलाई त्यति नै बढी हौसला मिल्ने बताउँदै सुनम गौतमले आइतबार खेल मैदानमा आउन सम्पूर्ण मेलबर्न निवासी नेपाली हरूलाई निम्तो दिएका छन्।

खेल तालिका

Melbourne Renegades Champions League game schedule
Source: Melbourne Renegades

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now