SKIP TO MAIN CONTENT

“हामीलाई तपाईँको खाँचो छ”: सबैभन्दा क्षमतावान ५,००० मानिसको खोजीमा अस्ट्रेलिया

विश्वभरबाट आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याईरहेका “स्मार्ट” मानिसहरूलाई अस्ट्रेलिया ल्याउन सरकारले एक कार्यदल खटाउने भएको छ।

David Coleman
Immigration Minister David Coleman Source: AAP

2 min read

Published

Updated

Source: SBS



Skip to article content

सङ्घीय सरकारले विश्वका कुनाकाप्चाबाट आ-आफ्नो कार्यमा उत्किष्ठ नतिजा हासिल गरिरहेका विद्वतवर्गलाई अस्ट्रेलियामा काम तथा बसोबासका लागि निम्त्याउने तयारी गरिरहेको बताइएको छ।

हाल जर्मनीको बर्लिनमा आफ्नो सरकारद्वारा खटाइएका एक अधिकारी पुगिसकेको बारे खुलासा गर्दै सङ्घीय अध्यागमन मन्त्री डेभिड कोल्म्यानले अब अर्को महिना संयुक्त राज्य अमेरिका, सिङ्गापुर, चिलीको राजधानी सान्टियागो, चिनियाँ सहर शाङ्घाई र मध्य पूर्वको दुबईमा आफ्ना थप अधिकारीहरूलाई तीक्ष्ण बुद्धि भएका मानिसहरू खोज्न पठाउने बताएका छन्।

विशेष गरेर प्रविधिको क्षेत्रमा उत्कृष्ट ठहरिएका ५,००० मानिसहरूलाई अस्ट्रेलिया लिएर आउनु उनीहरूको लक्ष हुनेछ।

“गृह मामिला विभागका अधिकारीहरूलाई विश्वका प्रमुख स्थानहरूमा खटाइने छ जहाँ उनीहरूको काम तीव्र गतिमा बढिरहेको क्षेत्रमा कार्यरत प्रतिभाशाली व्यक्तिहरूलाई अस्ट्रेलिया निम्त्यानु  हो। उनीहरूले यहाँ आएर नयाँ र प्रविधीयुक्त उद्योगहरूको विकासमा योगदान पुर्‍याउने हाम्रो विश्वास छ,” कोल्म्यानले भने।

गत साल घोषणा गरिएको “ग्लोबल ट्यालेन्ट इन्डीपेण्डेण्ट प्रोग्राम”का लाभहरूबारे प्रचार गर्न मङ्गलवार राती उनले सिड्नी इन्स्तिट्युतको मञ्च प्रयोग गरेका थिए।

Immigration Minister David Coleman during a speech in Sydney on Tuesday.
Immigration Minister David Coleman during a speech in Sydney on Tuesday. Source: SBS News
“निकै चाँडो विकसित भइरहेका क्षेत्रहरूमा काम गर्ने सर्वश्रेष्ठ व्यक्तिहरूलाई आकर्षित गर्दा अस्ट्रेलियाका धेरैभन्दा धेरै मानिसहरूलाई राम्रो तलब हुने उच्च सीपयुक्त उद्योगहरूमा रोजगारी प्रदान गर्न सकिनेछ।”

वार्षिक रूपमा हुने स्थायी बसोबासका निम्ति खुल्ला गरिएको १६०,००० मध्ये ५,००० स्थानहरू यसै प्रयोजनका लागि छुट्ट्याइएको पनि बताइएको छ।

गृह मामिला विभागको वेबसाइटमा राखिएको जानकारी अनुसार, प्रतिभा खोज्न खटाइने अधिकारीहरूले विभिन्न स्थानीय उद्योगहरूसँग समन्वय गरेर प्रतिभाशाली व्यक्तिहरूको पहिचान गर्नेछन्।

त्यसका लागि, उनीहरू प्रमुख औधोगिक समारोह र एक्सपोहरुमा अस्ट्रेलियाली जीवनशैलीलाई प्रवर्धन गर्नेछन्।

गृह मामिला विभागद्वारा पहिचान गरिएका यस्ता मानिसहरूलाई, स्थायी बसोबासका लागि आवेदन भर्न “प्रतिष्ठित प्रतिभा” सहित हाल विद्यमान व्यवस्था अनुरूप हुने गरी प्रोहत्सान गर्ने सरकारी नीति रहने पनि बताइएको छ।

यस अघि सरकारले अर्को एक प्रयोगात्मक भिसा योजना लागू गरेको थियो जसप्रति प्रविधि क्षेत्रका कम्पनीहरू उदासीन देखिएका थिए।

प्रविधि क्षेत्रमा उच्च सीप भएका कामदारहरूलाई निम्त्याउने लक्ष लिइएको उक्त व्यवस्थामा कोल्स र रियो टिण्टो जस्ता १८ व्यापारिक प्रतिष्ठानहरूले हस्ताक्षर गरेता पनि केवल ५ वटा मात्र प्रविधि क्षेत्रमा काम गर्ने “स्टार्ट अप” कम्पनी भएको बताइएको छ।

यसबारे थप जानकारी यहाँ उपलब्ध छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now