पूर्व प्रधानमन्त्री म्याल्कल्म टर्नबुल द्वारा खालि गरिएको सिड्नी सीट वेन्टवर्थमा आगामी अक्टोबर बीस तारिक शनिबारको दिन उप-निर्वाचन हुने भएको छ।
गत महिना लिबरल पार्टी नेता र प्रधानमन्त्री पद बाट हटाइए पछि संघीय संसदबाटै पनि टर्नबुलले राजिनामा दिए पछि उक्त सीट खाली भएको हो।
सन् १९४४ सालमा लिबरल पार्टीको स्थापना देखिनै उक्त उत्तरी सिड्नी सीट लिबरल पार्टीकै नियन्त्रणमा रहँदै आएको छ| तर आफ्नो निर्वाचन स्थलमा धेरैनै जनसमर्थन प्राप्त गरेका टर्नबुललाई हटाइए पछि लिबरल पार्टी प्रतिको समर्थन पनि घटेको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन्।
वेन्टवर्थका पूर्व सभासद र संघीय लिबरल पार्टीको नेता पनि रहिसकेका जोन ह्युसन भन्छन कि जलबायु परिवर्तन बारे बलियो नीति रहेका स्वतन्त्र उम्मेदवारले उप-निर्वाचन जित्न सक्ने सम्भावना धेरैनै रहेको छ।
विशेष गरि पछिल्ला राजनीतिक विकासका कारण सरकारको विरोधमा पनि स्थानीय मतदाताहरुले आफ्नो आवाज प्रष्ट पार्नसक्ने उनि बताउँछन्।
संघीय संसदका सभामुख टोनी स्मिथका अनुसार मतदाता नामावली सुची सेप्टम्बर २४ मा बन्द हुने छ।
साथै सेप्टेम्बर २७ सम्ममा उम्मेदवार नामावली पनि दर्ता भैसक्नुपर्ने पनि उनले बताए।
को होलान त उप-निर्वाचन उम्मेदवार?
केहि हप्ता अगाडी सिड्नी शहर काउन्सिलमा निर्वाचित रहेकी क्रिस्टिन फोर्स्टरले आफ्नो पारिवारिक पृष्ठभूमिका कारण मत बिभाजन हुनसक्ने भन्दै वेन्टवर्थ उप-निर्वाचनमा आफु नउठ्ने घोषणा गरेकी थिइन्।
समलिंगी विवाहको वकालतमा संलग्न भएकी फोर्स्टर पूर्व प्रधानमन्त्री र टर्नबुलको बहिर्गमनमा महत्वपूर्ण भूमिका निभाउन संलग्न टोनी एबट कि बहिनि हुन्।
र केहि दिन अगाडी मात्र अर्का सम्भावित लिबरल उम्मेदवार एन्ड्रू ब्र्यागले उक्त सीटमा आफ्नो पार्टीली महिला उम्मेदवारलाई मौका दिनुपर्ने भन्दै आफु चुनाव नलड्ने बताएका थिए।
यसैक्रममा अस्ट्रेलियाली चिकित्सा संगठन कि पूर्व अध्यक्ष र सिड्नी शहर कि काउन्सिलर केरीन फेल्पसले चाहिं स्वतन्त्र उम्मेदवारको रूपमा वेन्टवर्थमा उठ्न सक्ने संकेत दिएकी छिन।

संघीय लेबर पार्टी द्वारा वर्तमान संसदमा सरकारको बहुमत अन्त्य गर्ने योजनाका साथ् उक्त सीटको लागि टिम मर्रेलाई उठाउने निर्णय गरेको छ।
म्यान्डरिन भाषा पनि बोल्न सक्ने मर्रेले चीन र संयुक्त राज्यमा पनि कार्यालय रहेको आर्थिक सेवा प्रदान गर्ने संस्था संचालन गर्दछन्।
अर्को तर्फ ग्रीन्स पार्टी द्वारा पूर्वी सिड्नीको वेभरली काउन्सिलमा हाल उप-मेयर रहेका डोमिनिक वि कनकलाई वेन्टवर्थमा उठाउने निर्णय गरिएको छ।
