SKIP TO MAIN CONTENT

क्रिकेटर क्रिस गेललाई तीन लाख डलर क्षतिपूर्ति

अस्ट्रेलियाको फेयर फ्याक्स मिडिया विरुद्ध मान हानी मुद्दा जितेको १ वर्ष भन्दा बढी समय पछि वेस्ट इन्डिज क्रिकेट खेलाडी क्रिस गेललाई तीन लाख डलर क्षतिपूर्ति दिनुपर्ने नयू साउथ वेल्स सर्वोच्च अदालतले अादेश दिएको छ।

West Indies' Cricket player Chris Gayle leaving the King street Courts
Chris Gayle wants $US300,000 to do an interview about successfully suing Fairfax Media. (AAP) Source: AAP

1 min read

Published

Updated

Source: Reuters



Skip to article content

सन् २०१५ को विश्वकप क्रिकेट प्रतियोगिताकको बेला गेलले आफूलाई मालिस गरिरहेको महिलाको अगाडी निर्वस्त प्रस्तुत भएको भनेर फेयरफ्याक्सका पत्र-पत्रिकाहरूले छापेका थिए। 

न्यु साउथ वेल्स राज्यको सर्वोच्च अदालतकी एक न्यायाधीश लुसी मक्कलमले उक्त निर्णय आज सोमबार सुनाएकी हुन्।

सन् २०१७ को अक्टोबर महिनामा भएको सुनवाईको क्रममा, ज्युरीले फेयर फ्याक्स अन्तर्गतका पत्र-पत्रिकाहरूले घटनाको सत्यता पहिचान गर्न नसकेको पाएको थियो। 

गेलले आफूलाई मालिस गर्ने महिलालाई उक्साउने नियतले त्यस्तो गरेको साबित गर्न फेयर फ्याक्स असमर्थ रहेको तथा उक्त प्रकाशन गृहले उनी माथि द्वेषपूर्ण भावनाले अभिप्रेरित भई त्यस्ता समाचारहरू प्रकाशित गरेको पनि पाएको थियो। 

अदालतको निर्णय आफूले सोचे जस्तो नभएपछि फेयरफ्याक्सले उक्त निर्णयको विरुद्ध पुन निवेदन दिने बताएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now